सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ६, २०८१, Khotang

Image

जाल्पा महिला कृषक समूहका किसानहरुलाई आयआर्जनका लागि वीउपूजि वितरण

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा विपन्न दलित सिमान्तकृत आर्थिक आत्मनिर्भर कार्यक्रम अन्तरगत वीउ पुँजि वितरण गरिएको छ । जाल्पाका वडाध्यक्ष दानबहादुर रार्ईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भदौ ६ गते विहीवार वडा कार्यालयको सभाहलमा जाल्पा महिला कृषक समूहमा आबद्ध समूहहरुलार्ई दूध र मासुमा आत्मनिर्भर बनाउने प्रयास स्वरुप वीउ पुँजि वितरण गरिएको हो । 

निर्वाहमूखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन यस आ.व.का लागि प्रदेशबाट रु ३ लाख ५० हजार, नगरपालिकाबाट रु. १ लाख पाँचहजार र कृषक समुहबाट रु. १ लाख २५ हजार गरेर कुल रकम रु. ५ लाख ८० हजार बजेट विनियोजन गरिएको जनाइएकोछ । उक्त वजेटबाट समूहका  २५ जना उध्यमी कृषकहरुलाई आय आर्जनको कार्यक्रम सञ्चालन गर्न वीउपूजीका रुपमा दामासाही अनुदान उपलव्ध गराइएको छ । 

रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले बताउनु भयो । 

“रोजगारीको खोजीमा युवापुस्ता दिनानुदिन विदेशिने क्रम बढ्दो छ । युवा जमातलाई रोक्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ । दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो । जाल्पा महिला कृषक समुहमा आबद्ध किसानहरुलार्ई पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम संचालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउने उद्देश्य जाल्पा कृषक समुहले लिएको छ ।’’—महिला वालवालिका शाखा प्रमुख र्ईरन रार्ईले हलेसी एफ एमलार्ई जानकारी दिनुभयो । उहाँका अनुसार समूहमा जम्मा २५ जना छन् । उनिहरुले बाख्रा, बगुंर, भैसी पाल्नु पर्ने र व्यावसायिक बन्नु पर्ने बताउनु भयो ।  

कार्यक्रममा नगर प्रमुख तीर्थराज भट्टरार्ई, वडाध्यक्ष दानबहादुर रार्ई, महिला वालवालिका शाखा प्रमुख र्ईरन राइ, नगर कार्यपालिका सद्स्य मिना कार्की, वडा सदस्य  देवेन्द्रकुमार रार्ई लगायत अन्य बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सहजिकरण धनशोभा रार्ईले गर्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes