सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २९, २०८१, Khotang

Image

खोटाङमा गत वर्षको तुलनामा धानको उत्पादन वढ्यो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २१ हजार १ सय ८८ मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष  २३ हजार ७ सय २३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका नि.प्रमुख हरिनारायण राईले हलेसी एफएमलार्ई जानकारी दिनुभएको हो । 

उहाँका अनुसार जिल्लामा ९ हजार ४ सय १७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । गत असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षादका कारण बाढी, पहिरो र डुबानबाट खोटाङको केही भागमा धानको फसललाई क्षति पुराएको जनाइएको छ । 

हलेसी तुवाचुङ नगरपालिकास्थित राजापानीको रेग्मिटार, वराहापोखरीको साउनेचौर, दिप्रुङचुर्ईचुम्मा गाउँपालिकाको सापातेल लागायतको भागहरुमा बाढी, पहिरो र डुबानले ४० हेक्टर वढी क्षेत्रमा धानको फसलमा क्षति पुगेको बताइन्छ । यध्यपि समग्रमा गत वर्षभन्दा बढी धान किसानले घरमा भित्र्याएको तथ्याँकले बताएको छ । यदि वाढी पहिरो र वर्षादबाट क्षति नपुगेको भए धानको उत्पादनमा अझ वढोत्तरी हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘गत वर्षको तुलनामा धान उत्पादनमा कमी भने भएन । यो खोटाङका किसानहरुका लागि सुखद समाचार हो’ कृषि ज्ञान केन्द्रका नि.प्रमुख राईले हलेसी एफएमलाई बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes