श्रावण २३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकास्थित वडा नं.४ मात्तिमका जनताहरुले वडाबाट सेवा प्रवाहमा समस्या भोग्नु परेको भन्दै पालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । साकेला गाउँपालिका वडा नं.४ का वडाध्यक्ष अर्जुन कुमार कटवाल संयुक्त राज्य अमेरिका गएपछि लामो समयदेखि वडाअध्यक्षको अनुपस्थितिमा नागरिकले दुःख पाएको भन्दै स्थानीयहरुले सोमबार उक्त गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
वडाध्यक्ष नियमित रुपमा वडामा नबस्दा नागरिकले दुख पाएको, विकासका कार्यहरु रोकिएको र महत्वपूर्ण कार्यहरु प्रभावित बनेको भन्दै स्थानीयवासीहरुले तत्काल समस्याको समाधानका लागि गाउँपालिका सहित विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन् । नागरिकको समस्याप्रति वडा अध्यक्ष गैर जिम्मेवार बनेको भन्दै सोही वडाका पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा सर्वदलीय वैठक बसि निर्णय गरेर नै ज्ञापनपत्र बुझाईएको संयोजक भट्टराईले बताउनुभयो ।
‘वडाध्यक्षका कारण हामी वडाबासी अत्यन्तै मारमा परेका छौं, नागरिकताको सिफारिसदेखि विभिन्न विकास निर्माणका कार्यमा समेत नागरिकले दुःख पाउने गरेका छन् । उहाँले जिम्मेवारी पुरा गर्न नसक्ने हो भने वैकल्पिक उपायको लागि बाटो खुल्ला गर्नुपर्छ ।’ पूर्व वडाध्यक्ष भट्टराईको कथन छ ।
ज्ञापनपत्रमा भनिएको छ– “निज अर्जुन कुमार कटवालले गैर जिम्मेवार ढंगबाट आफूलाई मतदान गर्ने नागरिकप्रति अन्याय गरिरहेको र नेपालको संविधान विपरित गैर जिम्मेवार बनि अध्यक्ष कटवाल अमेरिका हुनुहुन्छ भनिन्छ ।“ वडाध्यक्षको विषयमा सम्बन्धित निकायले आगामी १५ दिनभित्र समस्या समाधान नगराए साकेला–४ का सम्पूर्ण जनता समस्या समाधानको लागि कडा कदम चाल्न वाध्य हुने चेतावनी दिईएको छ ।
उक्त वडामा नेकपा माओवादीको तर्फबाट निर्वाचित वडाध्यक्ष कटवाल निर्वाचित भएको समयदेखि नै वडा कार्यालय र वडावासीप्रति गैरजिम्मेवार बनेको, नियमित रुपमा कार्यालयमा उपस्थित नभएको र पछिल्लो समय २०८० माघ १७ गतेदेखि हालसम्म वडामा अनुपस्थित भएको ज्ञापनपत्रमा उल्लेख छ । वडाध्यक्ष कटवालले आफूले पाउने सेवा सुविधा उपभोग गर्ने र जनतालाई सेवा दिनुको सट्टामा सास्ति दिने, कानून विपरित अधिकारको दुरुपयोग गरेको हुनाले निजलाई नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम समस्याको समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराईएको छ– ज्ञापनपत्रमा भनिएको छ ।
स्थानीयहरुले साकेला गाउँपालिका मार्फत जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय खोटाङलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्नुहुँदै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले उक्त वडाका वडाध्यक्षको विषयमा धेरै जनगुनासो आएपछि तत्कालका लागि कार्यपालिका वैठकले निर्णय गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको र दिगो समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता जनाउनुभएको छ ।
ज्ञापनपत्रमा ४ नम्बर वडाका पूर्व वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, वुद्धिजीवी समाजसेवी गोपिकृष्ण खड्का, महिला वुद्धिजीवि समाजसेवी सरिता खड्का, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि बबिन कटवाल, एमालेका टेक बहादुर कटवाल, नेकपा माओवादी केन्द्रका युवराज दुलाल, जसपाको तर्फबाट शिवप्रसाद फुयाल, नेकपा समाजवादीको तर्फबाट मनोज खड्का, स्थानीयहरु जीवन कुमार श्रेष्ठ, यामकुमार खड्का लगायतले हस्ताक्षर गर्नुभएको छ भने सो वडाका ५३ जना स्थानीयहरुले सर्वदलिय वैठकको निर्णयमा हस्ताक्षर गरेका छन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पदपूर्ती गरिने उल्लेख छ भने एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नहुने स्पष्ट व्यवस्था समेत गरेको छ ।
हाल उक्त वडामा सदस्यले कार्यबाहकको जिम्मेवारी सम्हालेको भए पनि कहिलेसम्म कार्यबाहकले काम गर्न पाउने र के कति अधिकार हुने भन्ने द्धिविधाले थप अप्ठेरो भएको श्रोतले बताएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !