सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

खेल-जगत

भाद्र ३०, २०८१, Khotang

Image

जब उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै नेपाली टिम एनईएससी बाहिरिएपछि...

 

  • विकाश कार्की

हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरिरहेका छौं । आफ्नो पेशा र व्यवसायबाट समय निकालेर देशको नामलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन केही न केही गरिरहेकै हुन्छौं । विशेषतः हामीले भलिबलमार्फत नेपालको नाम चिनाउने प्रयास गरिरहेका छौं । सन् २०२० मा समाजसेवी एवं पर्यटन व्यवसायी दिलकुमार घमालको अग्रसरतामा स्थापना भएको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) मार्फत नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार र प्रवद्र्धनमा लागि परेका छौं । अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको एनईएससीले स्थापनाको छोटै समयमा निकै उपलब्धि हासिल गरेको छ । 

एनईएससीमार्फत युरोपमा छरिएर रहेका नेपालीलाई एकताको सूत्रमा बाँध्ने कार्य पनि भइरहेको छ । एनईएससीले भलिबल प्रतियोगितासँगै आपसी सद्भाव र एकताका लागि विभिन्न समयमा वनभोजका साथै सांस्कृतिकसमेत गर्दै आएको छ । केही समयअघि वनभोजसँगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनईएससीले युरोपका विभिन्न मुलुकमा भएका भलिबल प्रतियोगितामा सहभागिता जनाएको छ । ती प्रतियोगितामा एनईएससीमार्फत नेपालको उपस्थिति भएको मैले ठानेको छु । 

यही सेप्टेम्बर ७ मा भियनामा भएको भलिबल प्रतियोगितामा पनि एनईएससीले उच्च मनोबलका साथ सहभागिता जनाएको छ । सहममा स्पोर्ट्स क्लब तथा कल्चर संघले आयोजना गरेको प्रतियोगितामा समस्त नेपाल र अस्ट्रियामा रहनु भएका नेपालीहरूको प्रतिनिधित्व एनईएससीले सहभागिता जनाएको छ । १६ वटा देशले भाग लिएको प्रतियोगितामा अत्यन्तै उत्साहका साथ हाम्रो क्लब एनईएससी सहभागी भएको थियो । सो प्रतियोगितामा नेपाल सबैभन्दा बलियो समूहमा परेको थियो । स्वीजरल्याण्ड, बेल्जियम, अष्ट्रिया र नेपाल एउटा समूहमा परेका थिए । यही समूहको स्वीजरल्याण्ड पहिलो विजेता र बेल्जियम चौथो भए । 

हाम्रो पहिलो खेल नै प्रतियोगिता विजेता स्वीजरल्याण्डसँग पर्यो र दुवै टिम राम्रो बलियो आकर्षक  खेल, कडा प्रतिस्पर्धा देखिएकाले हेर्ने दर्शक र अन्य टिमले प्रशंसा गरेका थिए । हाम्रो टिमलाई फाइनल पुग्ने टिम भनेर सबैले बधाई पनि दिए । राम्रो खेल भए पनि एनईएससी १८–२१ र १७–२१ मा हार व्यहोर्न बाध्य हुनु पर्यो । दोस्रो खेल अष्ट्रियासँग राम्रो खेल प्रदर्शन गरी २१–१३ र २१–१५ मा विजय हासिल गरी क्वाटरफÞाइनलका लागि टप टिम बेल्जियमसँग भिडन्त भयो । पहिलो सेट जितका लागि अगाडि भए पनि अन्तिममा सडन पोइन्ट २२–२० र दोस्रो २१–१७ मा पराजित हुनुपर्यो । जसअनुसार फाइनलमा पुग्ने हाम्रो लक्ष्यमाथि तुषारापात लाग्यो । उपाधि जित्ने आत्मविश्वास टुट्यो । तर पनि सबैले हाम्रो खेलको प्रशंसा गरे । दर्शकहरूको मुखबाट एउटा राम्रो टिम दुर्भाग्यबस बाहिरिनु पर्यो भनी सान्त्वना दिएको सुन्दा खुसी पनि लाग्यो । अनि ‘हामीले हारेर पनि जितेछौं’ मलाई लाग्यो । किनभने कुनै पनि खेलकुद प्रतियोगितामा दर्शकको माया पाउनु ठूलो कुरा हो । खेलप्रेमीका लागि दर्शक भनेका भगवान् समान हुन् । 

खेलबाट बाहिरिनु पर्दाको पीडा र निराशालाई दर्शकको प्रतिक्रियाले थप उत्साहित बनाएको छ । आगामी दिनमा हुने अन्य प्रतियोगितामा एनईएससी उच्च मनोबल र आत्मविश्वासका साथ मैदानमा उत्रिने प्रतिबद्धता पनि जनाउँदछु । १६ टिमको जितहार पोइन्टसको आधारमा हाम्रो टिम एनईएससी नवौं स्थानमा पर्न सफल भयो । यस प्रतिस्पर्धाबाट हाम्रा क्लबका सदस्य खेलाडी साथीहरूले केही नयाँ सिकेका छन् । नयाँ अनुभव ग्रहण गरेका छन् । आगामी दिनमा अगाडि बढ्नका लागि ऊर्जा प्राप्त गरेको मैले महसुस गरेको छु । गर्व छ हामीलाई हाम्रो देश र हाम्रो राम्रो खेलको प्रदर्शन गर्ने मौका पाएकोमा । तर दुःख पनि लागेको छ आफ्नै देश र साथीभाइहरूबाट पनि त्यति सहयोग र हौसला पाउन सकेनौं । 

प्रतिस्पर्धाका क्रममा मैदानभित्र भएको कमीकमजोरीका विषयमा बारम्बार जानकारी दिँदादिँदै पनि त्यति धेरै नेपाली बसोबास गर्ने स्थानबाट प्रोत्साहन, हुटिङ र साथ नपाएको महसुस भयो । मैदानभित्र भएको कमीकमजोरीका कारण हाम्रो टिम एनईएससीमाथि अन्याय भएको थियो । तर दर्शकका रुपमा बाक्लो उपस्थिति जनाएका नेपालीहरूबाट कुनै प्रतिक्रिया आएन । एनईएससी कसरी बाहिरियो भनेर प्रश्न सोध्ने आँट पनि उनीहरूले गरेनन् । उनीहरूको अनुहारमा नेपाल बाहिरिएकोमा कुनै चिन्ता र आक्रोश देखिएन । बरु उल्टै भ्रम सिर्जना गर्नतर्फ केन्द्रित भएको देखियो । तर हामी हतोत्साही विल्कुलै भएका छैनौं । एनईएससीमार्फत नेपाली कला, संस्कृति र खेलकुदको विकास र विस्तारमा निरन्तर लागिरहनेछौं । अझ भलिबलको विकास र प्रवर्द्धनमा सधैं लागिपर्ने छौं ।

(लेखक कार्की नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) को सल्लाहकार हुनुहुन्छ ।)
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

हलेसीन्युजडेस्क, खोटाङ / प्रविधि र उपकरणको पुजा गर्दै खोटाङस्थित हलेसी एफएमको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जिल्लास्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

Horoscopes Icon

All Horoscopes