सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ९, २०८१, Khotang

Image

दिप्रुङचुइचुम्मा–७ टेम्मामा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङचुर्ईचुम्मा गाउँपालिका वडा नं.७ टेम्मामा वडास्तरीय फुटबल प्रतियोगिताका साथ एकल नृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ । टेम्मा स्पोर्ट्स क्लबको आयोजनामा ‘स्वास्थ्यको लागि खेलकुद-युवा एकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नजिकिँदै गरेको बडादशै तथा शुभदिपावलिको पावन अवसरमा आगामी कार्तिक १ गतेदेखि तेस्रो संस्करण अन्तर वडास्तरीय (7 A) Side पुरुष फुटबल प्रतियोगिताका साथ एकल नृत्य प्रतियोगिताको आयोजना गरिने भएको हो ।

कार्यक्रमको तयारी र व्यवस्थापनका लागि क्लबसँग सम्बद्ध सबैजना युद्धस्तरमा खटिरहेको टेम्मा स्पोर्ट्स क्लबका अध्यक्ष सुबासबावु मगरले हलेसी एफ एमलार्ई जानकारी दिनुभयो । 

फुटबल प्रतियोगितामा एक टिममा ७+३ खेलाडी  तथा प्रशिक्षक अनिबार्य हुनुपर्ने, साथै खेल खेल्दा आवश्यक जर्सी, सुज, मोजा अनिबार्य हुनुपर्ने, खेलाडिहरुले खेलको समयमा धूम्रपान गर्न नपार्ईने, खेलाडिहरुले नाम, थर, ठेगाना खुलेको सक्कली कागजात अनिवार्य उपलब्ध गराउनु पर्ने, खेलाडिहरुलाई खेल खेल्ने क्रममा कुनै पनि प्रकारको चोटपटक लागेमा खेलाडिहरु आफै जिम्मेवार हुनु पर्ने, सहभागी टिमले खाने बस्ने आफैले व्यवस्थापन गर्नु पर्ने आयोजक टेम्मा स्पोर्ट्स क्लबले बताएको छ ।

फुटबल प्रतियोगितामा प्रथम, दोस्रो हुने बिजेताहरुलार्ई क्रमश रु ७० हजार, ४० हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।  खेलमा उत्कृष्ट खेलाडिले रु.२ हजार, उत्कृष्ट गोलकिपरले रु. २ हजार, हार्ई स्कोर खेलाडिले रु.२ हजार, बेस्ट डिफेन्डरले रु.२ हजार, बेस्ट कोचले रु.२ हजारका साथमा  ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

खेलमा सहभागी हुन चहने खेलाडिहरुले रु. ७ हजार ७ सय ७७  दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्नेछन् । 
फुटबल प्रतियोगिता फिफाको नियमानुसार सञ्चालन हुने आयोजकले जानकारी गराउनुभयो ।

फुटबल प्रतियोगितासँगै सञ्चालन हुने खुल्ला एकल नृत्य प्रतियोगितामा नेपाली मौलिकता झल्किने विधाको गीतहरु हुनु पर्ने, प्रतियोगीले गीत आफैले उपलव्ध गराउनु पर्ने, प्रतियोगीले आफ्नो नाम दर्ता तथा दर्ता शुल्क कार्तिक ३ गते सम्म बुझार्ई सक्नुपर्ने,  पहिलो चरणको प्रतियोगिता कार्तिक ४ गते हने, दोस्रो चरणको प्रतियोगिता कार्तिक ५ गते हुुने अध्यक्ष सुबास बावु मगरले बताउनु भयो । उहाँका अनुसार खुल्ला एकल नृत्य प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय हुनेहरुलार्ई क्रमश रु.१० हजार, रु.५ हजार र रु. ३ हजारका साथमा प्रमाण प्राप्त गर्नेछन् । खुल्ला एकल नृत्य प्रतियोगिताका लागि टिम दर्ता शुल्क रु.५५५ लाग्नेछ ।

कार्यक्रमलाई रोचक र प्रभावकारी बनाउन आयोजकका तर्फबाट स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रतिभा समेत प्रस्तुत गराइने आयोजकले जनाएको छ । हाँस्यकलाकार उमेश राई (फुलन्देको आमा), गायकहरु  रुपकुमार राई, रोशन राई, हसन राई, बिनोद साम्पाङ राई, गण्डकी राई, गायिकाहरु सुनिता थेगिम, इन्द्रकला राई, अर्जुना रार्ईका साथमा मोडलहरु अनुशा राना साम्पाङ्ग, शशिकला रार्ईको बेजोड प्रस्तुति रहने आयोजकको भनाई छ । 

खेल क्षेत्रले गाउँ, समाज र देशलाई चिनाउदै समाजलाई एकता र अनुशासित बनाउने  भएकोले यस सस्थाले खेल क्षेत्रलाई प्राथमिकता दिदै समाजलाई एकताका साथ परिवर्तन र समृद्धिको बाटोमा हिडाउने प्रयत्नमा जुटिरहेको संस्थाको अध्यक्ष शुबासबाबु मगरले हलेसी एफएमलाई बताउनुभयो ।  

 

[ यात्रा संस्मरण तथा पुनर्मिलन] तीर्थराज भट्टराई कार्तिक २...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

Horoscopes Icon

All Horoscopes