सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ११, २०८१, Khotang

Image

केएफए फुटवल प्रतियोगितामा पेनाल्टी सुट गर्दै आयोजक टिमले उचाल्यो उपाधि


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम दिक्तेलवजारस्थित माटिकोरे खेलमैदानमा सिम सिम वर्षादको वास्ता नगरी रोमाञ्चक फुटवल खेलको अन्तिम प्रदर्शनी भैरहेको थियो । खोटाङ फुटबल एकेडेमी (केएफए) को आयोजना र मनोज स्मृति प्रतिष्ठानको सह-आयोजनामा माटिकोरे खेलमैदानमा अशोज १० गते विहीवार ‘तेस्रो केएफए अन्तर संस्था तथा भेट्रान फुटबल प्रतियोगिता–२०८१’ को अन्तिम प्रदर्शनी सिम सिम वर्षादवीच निकै रोमान्चक प्रतिष्पर्धासँगै सम्पन्न भएको हो ।

अशोज ७ गतेदेखि शुरु भएको खेलको अन्तिम दिन ‘तेस्रो केएफए अन्तर संस्था तथा भेट्रान फुटबल प्रतियोगिता–२०८१’ को उपाधि आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले उचालेको छ । फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेर्पा स्पोर्टस क्लब नेर्पाका भेट्रान टोलीलाई पेनाल्टी सुटको चरणमा दुई शून्यले हराउँदै आयोजक केएफएले उपाधि उचालेको हो ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ् भने उपविजेता नेर्पाले नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निर्धारित समयको खेलमा दुवै टोलीको एक÷एक गोल भएपछि ट्राईब्रेकरमा धकेलिएको प्रतियोगितामा आयोजक केएफएले नेर्पाविरुद्ध दुई गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक आयोजक केएफए आफैले हात पारेको छ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तामा शैलेन्द्र बजिमय ‘ठूले’, उत्कृष्ट गोल रक्षकमा रामकाजी राई र उत्कृष्ट प्रशिक्षकमा शैलेस बजिमय चयन हुनुभएको छ ।

उनीहरुमध्ये उत्कृष्ट खेलाडी वजिमयलाई नगद रु पाँच हजार तथा अन्यलाई रु तीन÷तीन हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि शहीद मनोज जोशीका आमा अम्बिका जोशी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
 

[ यात्रा संस्मरण तथा पुनर्मिलन] तीर्थराज भट्टराई कार्तिक २...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

Horoscopes Icon

All Horoscopes