सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन १९, २०८१, Khotang

Image

दिक्तेलमा जिल्ला स्तरीय बुद्धिचाल, बाघचाल र टेवलटेनिस प्रतियोगिता हुँदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम दिक्तेलमा जिल्ला स्तरीय बुद्धिचाल, बाघचाल र टेवलटेनिस प्रतियोगिता आजबाट सुरु भएको छ  । नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति दिवासन रार्ईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा आज अशोज १९ गतेदेखि  देखि २१ गते सम्म दिक्तेलको माटिकोरेस्थित कर्वड हलमा प्रतियोगिता सुरु भएको खेल संयोजक रणजंग राईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।

तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिको आयोजनामा  नेपालीहरुको महत्वपूर्ण पर्व दशै, तिहार, छठ तथा नेपाल संवत पर्वको अवसर पारेर टेवुलटेनिस, बुद्धिचाल र बाघचाल प्रतियोगता आजबाट सुरु गरेको नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अध्यक्ष दिवासन राईले जानकारी दिनुभयो ।  उहाँले समाजमा लोप हुँदै गैरहेको बाघचाल खेललाई पनि प्रवर्द्धनमा सहयोग पुराउने ध्येयले यो पटक प्रतियोगिताको रुपमा समेटिएको बताउनुभयो । 

प्रतियोगितामा टेवुलटेनिस तर्फ प्रथम हुनेले रु. १० हजार, दोस्रो हुनेले रु.६ हजार र तेस्रो हुनेले रु.३ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष राईले बताउनुभयो । 

यसैगरी, बुद्धिचाल (चेस) तर्फ प्रथम हुनेले रु.७ हजार ७७७, दोस्रो हुनेले रु.४ हजार ४४४ र तेस्रो हुनेले रु.२ हजार २२२ रुपैया पाउनेछन् भने बाघचालतर्फ प्रथम हुनेले रु.५ हजार ५५५, दोस्रो हुनेले रु.२ हजार २२२ र तेस्रो हुनेले रु.१ हजार १११ रुपैयाका साथ प्रमाणपत्र पाउनेछन् ।
 

[ यात्रा संस्मरण तथा पुनर्मिलन] तीर्थराज भट्टराई कार्तिक २...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

Horoscopes Icon

All Horoscopes