फाल्गुन २९, २०७९, Diktelrupakotmajhuwagadi
(श्रोत-दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका )
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी मौलिक हकको रुपमा ब्यबस्था गरेको छ । जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने ब्यबस्था रहेको छ । यसैगरी नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भित्र पर्दछ । स्वास्थ्यको दृष्टिकोणवाट अत्यन्तै दुर्गम मानिने यस जिल्लाबाट विशेषज्ञ सेवाको लागि महँगो खर्च गरेर बाहिर जानुपर्ने अवस्था रहिआएको छ । यस्तो अवस्थामा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा बिशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गर्न सके यहाँका जनतालाई केही राहत मिल्ने कुरा नकार्न सकिँदैन ।
यसै विषयलाई मध्येनजर गरेर दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले काठमाण्डौं स्थित विभिन्न अस्पताल र विशेषज्ञ चिकित्सकको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको अवस्था छ । भरखरै सम्पन्न निःशुल्क आँखा शिविर मार्फत ११४०५ जनाले सेवा लिएका छन् । जसमा ७८ जनाको आँखाको शल्यकृया र ४०० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो।
हाल नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगको दर बृद्धि भईरहेको पछिल्लो परिस्थितिमा मृर्गौलाको रोग पनि एक गम्भिर समस्याको रुपमा रहेको अवस्थालाई मध्यनजर गरि राष्ट्रिय मृर्गौला बचाऔँ अभियानको सहयोग तथा मृर्गौला उपचार केन्द्र काठमाण्डौसंँगको समन्वयमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क मृर्गौला परिक्षण शिविरको आयोजना गरेको हो । मृर्गौला परिक्षण शिविरमा यस नगरपालिका तथा जिल्ला भरिका करिव ३,००० सेवाग्राहीको मृर्गौलाको परिक्षण गर्ने लक्ष्य राखिएको छ । शिविर यही २०७९ फागुन २४ र २५ गते दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा संचालन गरिने छ ।
शिविरमा नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेबाट मिर्गौला बचाउने उपायको बारेमा खोटाङ जिल्लाका ७९ वटा वडाका स्वस्थ्य चौकीका प्रमुख तथा अन्य स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधी, कर्मचारी, पत्रकार, शिक्षक तथा अन्य सरोकारवालाहरुलाई मिर्गौला बचाउने उपाय तथा स्वास्थ्य सम्वन्धि महत्वपूर्ण विषयमा प्रशिक्षण समेत सञ्चलन हुनेछ । डा. काफ्लेले दिने प्रशिक्षणबाट जिल्लामा बसेर काम गरिरहेका स्वस्थ्यकर्मिहरु स्वयं मिर्गौला जाँच गर्न सक्षम बन्नेछन्।
विश्व मिर्गौला दिवसको अवसरमा यस दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको आयोजना, राष्ट्रिय मृर्गौला उपचार केन्द्रको प्रविधिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालय खोटाङ, जिल्ला रेडक्रस सोसाइटी खोटाङ CCBH परियोजन तथा सरस्वती मध्यामिक विद्यालयको सहकार्यमा सञ्चालन हुने यो शिविरमा मृर्गौलाको परीक्षण गरी मिर्गौला बचाउने उपायबारे आम जनसमुदायमा शिक्षा प्रदान गरिनेछ ।
साथै सामाजिक अभियन्ता हिम्मतसिंह लेकालीद्वारा गुणस्तरिय शिक्षा र स्वास्थ्य प्रवर्द्धनमा विश्वास अभियान सम्बन्धी, डा। के के राईद्वारा जलवायु परिवर्तनको मानव स्वास्थ्यमा असर सम्बन्धी, राष्ट्रिय मानवअधिकार आयोग वाग्मती प्रदेश प्रशासन प्रमुख लोकनाथ घिमिरेद्वारा मानवअधिकार र स्वास्थ्य सम्बन्धी प्रशिक्षण गरिनेछ ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरबाट सुरुवात गरि यस वर्षभित्र नगरका सबै नगरवासिको साथै अन्य पालिका तथा जिल्लाबाट आउने सेवाग्राहीको समेत मिर्गौलाको निःशुल्क परिक्षण गर्ने लक्ष्य राखिएको छ ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले नगरमा जेष्ठ नागरिकको स्वास्थ्य लाई मध्यनजर गरि जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम मार्फत नगरका सम्पूर्ण वडाहरुका प्रत्येक टोल वस्ती तथा घरघरमै पुगि स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम यसै बर्षबाट सुरुवात गरि निरन्तर सञ्चालनमा रहेको कुरा जानकारी गराउँदै आजकै दिनवाट जेष्ठ नागरिकको निःशुल्क मिर्गौला परिक्षण साथै रगतमा चिनिको मात्राको परिक्षण निरन्तर गरिने छ ।
साथै
निकट भविश्यमा पाठेघर खस्ने सम्बन्धि समस्याको स्कृनिङ, मुटु रोग, अन्य जनरल परिक्षण तथा आयुर्वेद मार्फत हुने उपचारको समेत निःशुल्क स्वास्थ्य परिक्षणको लागि स्वास्थ्य शिविरको आयोजना गरिनेछ ।
नागरिकको स्वास्थ्यप्रति नगरपालिका संवेदिनशील हुँदै निरन्तर स्वास्थ्य शिविर भइरहने जानकारी गराउन चाहन्छौँ ।
डा. के के राई
हलेसीन्युजडेस्क, खाटाङ/ जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको...
हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै भएको आन्दोलनमा भएको...
हलेसीन्युजडेस्क, खोटाङ / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...
२०७९ चैत्र
चैत्र महिनामा राजनैतिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ती हातपर्नसक्छ । २० गतेबाट भने राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । प्रेम सम्बन्धमा चिसोपन पनि आउनसक्छ । तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ । यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
२०७९ चैत्र
यो महिना राजनैतिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ती हातपर्नसक्छ । २० गतेबाट राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । प्रेम सम्बन्धमा चिसोपन पनि आउनसक्छ । तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ । यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
२०७९ चैत्र
चैत्र महिना मिथुन राशिका लागि समग्रमा सकारात्मक महिना नै रहेको छ । शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रणय सम्बन्धको लागि पनि रहेको छ, तर स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
२०७९ चैत्र
चैत महिनामा सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै राजनैतिक र सामाजिक पदप्रतिष्ठा प्राप्तसमेत हुने देखिन्छ । नयाँ नयाँ काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । घर ,जग्गाबाट लाभ मिल्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो या गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यादि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
२०७९ चैत्र
चैत्र महिनामा सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पु¥याउनुहोला । आफ्नो कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्ने र मानसिक चिन्ता बढ्न सक्छ साथै स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानि हुनेछ । २२ गतेबाट नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
२०७९ चैत्र
चैत्र महिनामा कन्या राशिका जातकहरूले नयाँ र शुभ कार्यको योजना बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
२०७९ चैत्र
चैत महिनामा ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाइलो भेटघाट पनि हुनेछ । पढाई लेखाईमा राम्रो नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ , तर आनवास्यक हिँडडुल नगरेकै जाती हुनेछ साथै स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
२०७९ चैत्र
वृश्चिक राशिका जातकका लागि यो महिना क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिन सक्छ । अभिभावकको सुझावले उचाइमा पु¥याउन सहयोग गर्नेछ, तर स्वास्थ्य भने राम्रो हुने देखिन्न अतः स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । २३ गतेबाट जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
२०७९ चैत्र
चैत महिना धनु राशिका राशिका लागि मिश्रित रहने देखिन्छ । यात्राबाट हानी हुनसक्छ, अनावश्यक घुमफिर नगरेकै जाती हुनेछ । महिनाको मध्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । २० गतेबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि लाभ हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
२०७९ चैत्र
मकर राशिका जातकका लागि यो महिनाको सुरुका दिनमा मांगलिक कार्यमा उपस्थिति भइनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिनाको मध्यमा स्वास्थ्य प्रतिकूल हुने, आर्थिक पक्ष कमजोर हुने र बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
२०७९ चैत्र
चैत महिनामा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
२०७९ चैत्र
चैत्र महिनामा काम गर्दा आकस्मिक समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ । साथीको सहयोग र हौसला मिल्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । महिनाको उत्तरार्धबाट योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँपछि परिनेछ । कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।