सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २५, २०८१, Khotang

Image

दिक्तेलबजारमा पौष १२ देखि १४ सम्म निःशुल्क आँखा शिविर हुने

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा अप्रेशन सहित निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । फेमली केयर हस्पिटल दिक्तेल तथा नव दृष्टि आँखा हस्पिटल इटहरी–४ सुनसरीको आयोजनामा मोतिबिन्दुको कारणले  आँखा नदेख्ने भएका विरामीहरुलार्ई पौष १२ गते देखि १४ गते ३ दिनसम्म  फेमली केयर हस्पिटल दिक्तेलमा अप्रेशन सहित निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।

पौष १२, १३ र १४ गते ३ दिन बिहान १० बजे देखि दिउसो ३ बजे सम्म सञ्चालन हुने शिविरमा आँखा विशेषज्ञ डा. सुवास पोखरेलद्धारा अप्रेशन गरिने जनाइएको छ ।  

शिविरमा उपलव्ध हुने सेवाहरु आँखा अप्रेशन पश्चात कालो चस्मा र औषधि निःशुल्क  वितरण गरिने आयोजक नवदृष्टि आँखा हस्पिटलले बताएको छ । 

आँखा कमजोर भएकाहरुका लागि २० प्रतिशत सहुलियत छुटमा चस्मा वितरण गरिनेछ भने अप्रेशन गर्नुपर्ने बिरामीहरुलार्ई निःशुल्क ल्याप टेष्ट गरिने आयोजकले बताएकोछ । 

नवदृष्टि आँखा हस्पिटल इटरी–४ सुनसरीका नेत्र विशेषज्ञ डा. सुवास पोखरेलले आँखाको दृष्टि क्षमताका सम्बन्धमा स्पष्ट पार्दै भन्नुहुन्छ—‘दृष्टिको लागि आँखा भित्रको लेन्स पारदर्शी हुनु जरुरी छ । जसरी झ्यालको सिसा सफा हुँदा प्रकाश राम्रोसँग कोठामा आउँछ र सफा नहुँदा आउंँदैन, त्यसरी नै आँखाको लेन्स सफा नभएमा आँखाभित्र पर्ने प्रकाश कम हुन्छ र दृष्टि कम हुँदै जान्छ ।’

डा. पोखरेलका अनुसार साधारणतया मोतिविन्दुको समस्या जीवनको उत्तरार्द्धमा देखा पर्नथाल्छ । उहाँ भन्नुहुन्छ—‘उमेर बढ्दै जाँदा आँखाको लेन्स अपारदर्शी हुँदै जान्छ र धेरै नै असर भएपछि दृष्टि कम हुँदै जान्छ । यो एक प्रकारको उमेरसँग आउने परिर्वतन हो । जसरी उमेर बढेपछि छालामा चाउरी पर्ने, कपाल सेतो हुने हुन्छ, त्यसरी नै आँखामा पनि मोतिविन्दु बढ्न थाल्छ । 

मोतिविन्दु अन्धोपनको कारणमध्ये एक प्रमुख कारण हो, तर उपचार गर्न सकिने रोग पनि हो । खोटाङ जिल्लामा मोतिबिन्दुका कारण दृष्टिविहीन नागरिकहरुका लागि यो शिविर अत्यन्त महत्वपूर्ण हुने आयोजकको भनाई छ ।
 

बाँसैबाँसद्धारा निर्माण गरिने संग्राहलयका लागि सहयोग गर्न मन्त्री पाण्डेलाई नगरप्रमुख...

युवराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

--------------प्रत्युन्ह पोखरेल खोटाङ खार्पाकी १०६ वर्षीय रेणुकादेवी पोखरेलले २०८१ पौष २४...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावावेशी गाउँपालिका वडा नं. १ कुभिण्डेमा १...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक सत्र–२०८२...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १...

Horoscopes Icon

All Horoscopes