सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २०, २०८१, Khotang

Image

याम्खामा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङ चुर्ईचुम्मा गाउँपालिका वडा नं.१ याम्खामा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । वडा नं.१ याम्खाका वडाध्यक्ष केशव कुमार खत्रीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष अरुण थापा मगरको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति खोटाङका सदस्य कला राईको विशिष्ठ आतिथ्यतामा याम्खा स्वास्थ्य चौकीले आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विविध कार्यक्रमका साथ मनाएको हो । 

स्वास्थ्य चौकी याम्खाका सिनियर अहेव सौजन रार्ईका अनुसार ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ भएको २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा ‘गाउँ/नगरमा महिला स्वस्थ्य स्वयंसेविकाको स्वस्थ्य  प्रवर्द्धनमा अहं भुमिका ’  शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

वक्तृत्वकला प्रतियोगितामा बबिना खत्री प्रथम, कमला राई द्धितिय, गंगा मगर तृतिय र नैना कुमारी खत्री सान्त्वना हुनुभएको छ । उहाँहरु सबैलाई नगद पुरस्कारका साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।

सरकारले हरेक वडामा कम्तिमा एक जना महिला स्वास्थ्य स्वयं सेविकाको व्यवस्था गरेको छ । स्वयंसेविकाहरुले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् । 

विशेषतः मातृ, नवजात शिशु तथा वाल स्वास्थ्य उपचार, प्रजनन स्वास्थ्य, परिवार नियोजन विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफल मार्फत जनस्वास्थ्य सम्बन्धि सूचना तथा सेवाहरुको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमि ल्याउन महिला स्वयंसेविकाहरुकोे महत्वपूण भूमिका रहन्छ । वर्ष दिनभरि यिनै काम सम्पादन गरेवापत स्वास्थ्य चौकी याम्खाले स्वास्थ्य स्वयंसेविकाहरु रन्जना गुरागाँई, सरस्वती राई र नैना कुमारी खत्रीलाई उत्कृष्ट स्वयंसेविका घोषित गरी कदर पत्र प्रदान गरिएको सिनियर अहेब रार्ईले बताउनु भयो ।
 

हलेसीन्युडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम...

दिप्रुङचुईचुम्मामा खुला राष्ट्रव्यापि कविता प्रतियोगिताको आयोजना गरिँदै हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं...

पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

Horoscopes Icon

All Horoscopes