सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

चैत्र १५, २०७९, Khotang

Image

पालिकाको पहलमा आङखस्ने रोगबाट पीडित महिलाहरुको निःशुल्क उपचार शुरु

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको जन्तेढुङ्गा  गाउपालिकाले हाल पालिकाभित्र आङ खस्ने समस्या (uterus Prolapse) बाट पीडित महिलाहरुको निःशुल्क उपचार शुरु गरेको छ । गत स्थानीय तहको निर्वाचन पछि अध्यक्षमा निर्वाचित अरुणादेवी राईले २०७९ जेष्ठ ९ गते पद वहालीकै दिन पालिकाभित्र यस्ता समस्या भोगिरहेका महिला दिदीबहिनीहरुको पालिकाले निःशुल्क उपचार गर्ने निर्णय गराउनु भएसँगै अब त्यस्ता विरामीहरुको निःशुल्क उपचार शुरु भएको हो ।

पहिलो चरणमा जन्तेढुङ्गा गाउँपालिका भित्रका ६ जना महिला दिदीबहिनीहरुको कोशी प्रदेश अस्पताल विराटनगरमा आङ खस्ने समस्याको उपचार भैरहेको छ । पालिकाका तीर्थमाया खत्री, नन्दकुमारी रोइला, चिनमाया थापा, सकलीमाया राई, हिरामाया राई र मिश्रामाया श्रेष्ठलाई चैत्र ७ गते अस्पताल भर्ना गराई हालसम्म ५ जनाको शल्यक्रिया गरिसकिएको थाहा भएको छ । स्वास्थ्य केन्द्र चिसापानीमा स्क्रिनिङ गर्दा अन्य ३ जनामा पनि यो समस्या रहेको थाहा भएको छ । उनीहरुको पनि चाँडै उपचार हुने पालिकाले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा स्क्रिनिङ गर्दा आङ खस्ने समस्या पहिचान भए पछि त्यस्ता विरामीहरुको कोशी अस्पताल विराटनगरमा निःशुल्क उपचारका लागि पठाइनेछ । यो आर्थिक वर्षभित्र कोशी प्रदेश अस्पतालमा जन्तेढुङ्गा गाउँपालिकाभित्रका ३० जना आङखस्ने विरामीहरुले निःशुल्क उपचार पाउने कोशी अस्पतालसँग सम्झैता भएको पालिकाले जनाएको छ । प्रदेश अस्पतालबाट निःशुल्क उपचार हुने र विरामी हेरचाह गर्ने सहयोगीलाई बस्ने व्यवस्था तथा औषधि र आते जाते खर्च पालिकाले व्यवस्थापन गर्नेछ ।  
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes