सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २४, २०७९, Sakela Gaupalika

Image

साकेला गाउँपालिकाबाट पूर्ण खोप सुनिश्चितता घोषणा शुरु

 

हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको साकेला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको पालिका घोषणा गरिएको हो । १६ महिना देखि ५९ महिना सम्मका सबै वालवालिकाहरुले १५ महिनाभित्र पूरा गर्नुपर्ने सम्पूर्ण खोप पूरा गरिसकेपछि सोकेला गाउँपालिकालाई विहीवार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

साकेला गाउँपालिका वडा नं. २ रतन्छामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं पूर्ण खोप समिति संयोजक सनबहादुर राई, साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देल, फोकल पर्सन जीवन चौलागाई लगायतले पूर्ण खोप सुनिश्चितता प्रतिवद्धतापत्रमा संयुक्त हस्ताक्षर गरेर साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

साकेला गाउपालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (तेश्रो संस्करण २०७७) बमोजिमका प्रकृया पूरा गरी स्वास्थ्य कार्यालयबाट अनुमति लिएकोले  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ ।

हलेसीतुवाचुङ नगरपालिका, रावावेशी गाउँपालिका तथा वाराहापोखरी गाउँपालिकाले पनि पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (तेश्रो संस्करण २०७७) बमोजिमका प्रकृया पूरा गरी स्वास्थ्य कार्यालयबाट घोषणका लागि अनुमति लिइसकेको थाहा भएको छ । 

खोटाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना  जिल्ला घोषणा गर्न सबै पालिकाहरुलाई घोषणा गरिसक्नुपर्ने हुन्छ । यस क्रममा साकेला गाउँपाललिबाट घोषणा शुरु भएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes