सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २८, २०८०, Khotang

Image

गर्मी तथा वर्षादको शुरुवातसँगै नागरिकले अपनाउनुपर्ने सावधानीहरु

हलेसीन्युजडेस्क, खोटाङ /

बिस्तारै गर्मी बढेसँगै विभिन्न संक्रमणजन्य रोगको जोखिम बढ्न थालेको छ । गर्मीसँगै वर्षाद शुरु भएपछि औलो, डेंगी, जण्डिस, झाडापखाला, हैजालगायत रोगको जोखिम धेरै हुने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पूण्यप्रसाद सिग्देलले हलेसी एफएमलाई बताउनु भएको छ । उहाँका  अनुसार लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगसँगै दूषित पानी, सरसफाइको कमीका कारण संक्रामक रोग फैलिने जोखिम धेरै रहने उहाँको भनाई छ ।

यो बेला विभिन्न संक्रमणजन्य रोग लाग्ने भएको हुदा खाने कुरामा पनि बिशेष ध्यान दिनुपर्ने स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । रोगबाट बच्नको लागि सडेगलेको नखाने, सागसब्जी राम्रो गरी पखालेर मात्र खाने, आफ्नो बालबालिकालार्ई जन्मे देखि २ बर्ष सम्म लगाउने खोप अनिर्वाय लगाउने, खाना खानु अघि सफासँग साबुनपानीले हात धुनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलको  सुझाव रहेको छ ।

प्रमुख सिग्देलका अनुसार  गर्मी बढेकाले यतिबेला प्रशस्त मात्रामा शुद्धिकरण गरिएको वा उमालेको पानी मात्र खाने र प्रसस्त  फलफूल खानुपर्ने हुन्छ  ।  यो बेला औलो, डेंगी, जस्ता रोगबाट जोगिन लामखुट्टे र भुसुनाको टोकाइबाट बच्न घर वरिपरिका झाडी तथा खाल्डाखुल्डी पुर्ने, घर बस्दा पूरा बाहुला भएको कपडा लगाउने र लामखुट्टे तथा भुसुनालाई भगाउने खालका औषधिको प्रयोग गर्ने, राती सुत्ने वेलामा झुल राम्रो सित लगाएर मात्र सुत्ने, बेलाबेलामा चेकअप गराउने र बिरामी भैहालेमा नजिकको स्वास्थ्य संस्थामा गएर जँचाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी प्रयोग गर्ने स्वास्थ्य कार्यालय  दिक्तेल खोटाङका प्रमुख  सिग्देलले बताउनु भएको छ ।
 

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes