सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १६, २०८०, Rawabesi Rum

Image

पूर्ण खोप सुनिश्चितता घोषणा ः खोटाङमा रावावेशी चौथो गाउँपालिका


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको रावाबेशी गाउपालिकालाई १६ औँ गणतन्त्र दिवसको अवसर पारेर एक समारोहका वीच पूर्ण खोप सुनिश्चितता  गाउँपालिका घोषणा गरिएको  छ । पालिकाभित्रका  १६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका (१३ किसिमका ) खोप लगाएको सुनिश्चित भएसँगै सोमबार औपचारिक कार्यक्रमका वीच रावाबेशी  गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राईले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको सभापतित्वमा गाँउपालिकाको  सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्ण खोप समन्वय समिति संयोजक एवं जिल्ला समन्व समितिका प्रमुख सनबहादुर राईले पानसमा बत्ति बाल्दै पूर्णखोप सुनिश्चितताको व्यानर पढेर  गाउँपालिकालार्ई  औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको  घोषणाकासाथ  प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा  पूर्ण खोप समन्वय समिति संयोजक एवं जिल्ला समन्व समितिका प्रमुख सनबहादुर रार्ई, बिशिष्ठ अतिथि रावाबेशी गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देल एवं स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको गाउपालिका श्रोतले  जनाएको छ ।

सोही कार्यक्रममा प्रदेशको बजेटबाट  ‘ एक महिला एक सम्मान कार्यक्रम अन्तर्गत  स्वास्थ्य कार्यालय खोटाङबाट रावाबेशी गाउँपालिका-४ का स्वयंसेविका विमला भुजेल  सम्मानित हुनु भएको छ । उहाँलार्ई स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देलले रु. ११,००० (एघार हजार रुपिया) प्रदान गर्दै सम्मान गर्नु भएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनु भयो ।

यस अगाडि क्रमश साकेला गाउँपालिका, बाराहापोखरी गाउँपालिका, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाहरु समेत तीन पालिकाहरुले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिसकेकाछन् । 
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘साविक वडा स्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक ...

हलेसीन्युजडेस्क,खोटाङ आज देशैभरि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन...

अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल...

हलेसीन्युजडेस्क, खोटाङ आज चैत्र शुक्ल नवमी अर्थात राम नवमी । चैत्र...

Horoscopes Icon

All Horoscopes