सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २८, २०८०, HalesiTuwachung

Image

हलेसीतुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपलिका घोषणा गरियो


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसीतुवाचुङ नगरपालिका पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा भएको छ । नगरपालिकाभित्रका  १६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको सुनिश्चित भएसँगै शनिवार औपचारिक कार्यक्रमका वीच हलेसीतुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिका परिसरमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं पूर्ण खोप समन्वय समिति संयोजक सनबहादुर राई, नगरप्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउत , प्रमुख प्रशासकीय अधिकृत कैलासबहादुर ठकुराठी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरे लगायतले पूर्णखोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेसँगै यो नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको थियो ।

हलेसीतुवाचुङ नगरपालिकाले पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेसँगै खोटाङमा सातौँ पालिकाहरु पूर्णखोप सुनिश्चितता घोषित पालिका भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि साकेला गाउँपालिका, बाराहापोखरी गाउँपालिका, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, रावावेशी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिकाहरु पूर्ण खोप सुनिश्चितता पालिकाका रुपमा घोषित भै सकेका छन् । 

अब दिप्रुङचुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ । दिप्रङचुइचुम्मा गाउँपालिकाका सबै वडाहरुमा पूर्ण खोप सुनिश्चितता घोषणा भैसकेको र गाउँपालिकालाई पूर्णखोप सुनिश्चिचता घोषणाका लागि पूर्ण खोप समन्वय समितिलाई अनुरोध गरिसकिएको पालिका स्वास्थ्य शाखाका मुस्ताक अहमद मंसुरीले हलेसी एफएमलाई जानकारी दिनुभयो । त्यस्तै खोटेहाङ गाउँपालिकाले पनि पूर्ण खोप सुनिश्चितता घोषणाका लागि तयारी गरिसकिएको पालिका श्रोतले जनाएको छ ।

 जन्तेढङ्गा गाउँपालिकामा २ जना वच्चाहरुलाई खोप लगाउन बाँकी रहेको थाहा भएको छ । वडा नं. ४ डमर्खु शिवालयका दुई जना वच्चाहरुलाई खोप लगाउन अभिभावकहरु तयार नभएको कारण ती वच्चाहरु खोप लगाउनबाट वञ्चित रहेको जनाइएको छ । तर पालिकाका जनप्रतिनिधिहरु र स्वास्थ्य कार्यालयबाट अनुगमनमा खटिएका स्वास्थ्यकर्मीहरुको सुझाव र सल्लाह पाए पछि अभिभावकहरु सकारात्मक बन्दै गएको हुँदा चाँडै ती बच्चाहरुलाई खोप लगाई पूर्ण खोप सुनिश्चितता घोषणाका तयारी गर्ने पालिका उपाध्यक्ष खेमबहादुर खड्काले हलेसी एफएमलाई बताउनुभयो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes