सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २, २०८०, HalesiTuwachung

Image

वडहरेमा लामो समयसम्म स्वास्थ्य क्षेत्रमा समर्पित दुई स्वास्थ्य स्वयंसेविका सम्मानित


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसी तुवाचुङनगरपालिका ४ वडहरेका दुईजना स्वयंसेविकाहरु सम्मानित हुनुभएको छ । वडहरेका साबिक वडा नम्बर ८ बुङदेलकी खड्गमाया अधिकारी र साविक वडा नम्बर ५ बाङ्माकी धनशोभा तामाङले लामो समयसम्म आफ्नो टोलमा  स्वयंसेविका भै स्वास्थ्य सेवामा पुर्याउनु भएको योगदानलाई सम्झेर वडा स्वास्थ्य समितिले उहाँहरुलाई सम्मान गरेको हो । 

धनशोभा तामाङले करिव ३२ वर्ष स्वयंसेवा गर्नुभएको छ भने खड्गमायाले २८ वर्ष निरन्तर स्वयंसेवा पुर्याउनु भएको वडाध्यक्ष किशोर बस्नेत बताउनुहुन्छ । शनिवार विहान आफ्नो सामाजिक सञ्जालमा वडाध्यक्ष बस्नेतले उहाँहरुको योगदानको उच्च प्रशंसा गर्दै लेख्नुभएको छ -‘ निःस्वार्थ भावले विना पारिश्रमिक सेवा गर्नु सजिलो भने पक्कै छैन, गाउँमा भिटामिन, पोलियोथोपा, जीवनजल, सिटामोल चाहिदा सम्झिने नाम हो स्वयंसेविका । हरेक क्षेत्रबाट हाम्रो समाजमा सेवा र योगदान गर्नुहुने सबैलाई हामी सम्झिदै जानेछौँ । ’

स्वयेंविका तामाङ र अधिकारीले काम गर्दै जादा ६० बर्ष नाघे पछि हाल उहाँहरु जिम्मेवारीबाट निवृत्त हुनुभएको हो ।

‘सम्मान सबैलार्ई गरौँ, सँस्कृति बचाऔँ’ भन्ने उद्देश्यबाट हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरे स्वास्थ्य चौकी सञ्चालन व्यबस्थापन समितिका अध्यक्ष किशार बस्नेतको अध्यक्षतामा  शुक्रवार सम्मान कार्यक्रमको आयोजना गरी उहाँहरुलार्ई जनही रु.२० / २०  हजारका साथ सम्मान पत्र प्रदान गरिएको वडा स्वास्थ्य चौकीले जनाएको छ । 

कार्यक्रममा स्वास्थ्यचौकी बडहरेका व्यवस्थापन  समितिका पदाधिकारी, वडाका सम्पूर्ण जनप्रतिनिधिहरु, महिला  स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes