सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १५, २०८०, Khotang

Image

कृषि सँस्कृतिका मिथक र मानकको रुपमा मनाइदै असार १५ -धान दिवस

 


हलेसीन्युजडेस्क, खोटाङ /

फेरि आयो–असार १५, धान दिवस / आम किसानहरु दहि चिउरा खाँदै असारे गीत गाउँदै खेतमा हिलोसँग खेल्दै, वर्षदिन भरिका लागि जोहो गर्न -यो वर्षको असार १५ हिलाम्मे खेतमा मनाउदैछन् -धान रोपाईको महत्वपूर्ण पर्व । यो वर्ष किसानहरुले चाँडै मनसुनको स्वागत गर्न पाएका छन् । तर पनि राष्ट्रिय आँकडा अनुसार करिब ३३ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेकोले गत वर्ष असार १० सम्म २ लाख ४६ हजार हेक्टरमा रोपाइँ भएकोमा यसपालि असार १३ सम्म १ लाख ६६ हजार हेक्टरमा मात्रै रोपाइ भएको तथ्य सार्वजनिक भएकोछ । 

     

अगाडिका वर्षहरुमा मल, बीउ, सिँचाइ अभाव त थियो नै, यसपालि ‘लम्पी स्किन’ रोगले किसान थप मर्कामा परेका छन् । यो रोगले गोरुसहित ६ लाख ८२ हजार चौपाया संक्रमित भए भने २५ हजार मरे, जसका कारण धान खेती प्रभावित बनेको छ ।

खोटाङमा अहिलेसम्म १४ प्रतिशत धान रोपिएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । यिनै परिवेशमा किसानहरु असार १५ मनाउदैछन् ।

खोटाङ जिल्लाका स्थानीय सरकारहरुले पनि आ आफ्ना पालिकाहरुमा राष्ट्रिय धान दिवस मनाइरहेको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १ दिक्तेलको.आचार्य गाउँछेउ धान रोप्दै सरस्वती माध्यामिक विध्यालयका शिक्षक , विध्यार्थी, अभिभावक र स्थानीय किसान दाजुभाई दिदीबहिनीहरु जुटेर हर्ष र खुशी साटासाट गर्दै राष्ट्रिय धान दिवस मनाइरहेका छन् । 

दिप्रुङचुइचुम्मा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीय किसानहरु जुटेर आज याङसोलाटारमा धान रोप्दै असार १५ अर्थात धान दिवस मनाइरहेका छन् । 

यसो त आज देशै भरि २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव पनि मनाइदैछ । नेपाल सरकार अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव–२०८० को मूल नारा तय गरेकोछ —‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादन वृद्धि’  ।

‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ । 

धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । 

कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको हो ।  प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको  हुँदा यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक लगायत महत्व रहेको छ । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो । धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई  प्रवर्द्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको हो ।

 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes