सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २०, २०८०, Jantedhunga Gaunpalika

Image

जन्तेढुङ्गा गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता’ गाउँपालिका घोषित

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको जन्तेढुङ्गा गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका खोप उमेर समुहका अधिकांश बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलवार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो

जन्तेढुङ्गा गाउँपलिकाका वालवालिकाहरुले सबै १३ प्रकारका खोप लगाइसकेपछि जिल्ला समन्वय समितिका सदस्य मोहन सुप्तिहाङ रार्ई, गाउँपालिका अध्यक्ष अरुणादेवी रार्ई र पालिका उपाध्यक्ष खेमबहादुर खड्काद्धारा संयुक्त रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । सबै खोपको दायरामा ल्याएर गाउँपालिकालार्ई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउपालिकाका अध्यक्ष अरुणादेवी राईले बताउनुभयो । पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्दै गाउँपालिका अध्यक्ष अरुणादेवी राईले पालिकाले स्वास्थ्यको क्षेत्रमा एउटा फड्को मारेको बताउनुभयो । पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउने गरेको उहाँको कथन थियो । 

स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पूण्यप्रसाद सिग्देल र जिल्ला समन्वय समितिका प्रमुख एवं पूर्ण खोप समन्वय समितिका संयोजक सनबहादुर राई भने हाल सबै तिर भारी बर्षादका कारण बाटो खराव भएको हुँदा सो कार्यक्रममा सहभागी हुन नसकिएकोे बताउनु हुन्छ । नेपाल सरकारले निःशुल्क उपलव्ध गराएको १३ प्रकारका खोपहरु सबै खोप उमेर समूहका वालबालिकाहरुलाई लगाएपछि मात्र पूर्ण खोप सुनिश्चितता भएको मान्न सकिने भन्दै वालवालिकाहरुलाई खोप लगाउँदा उनिहरु धेरै प्रकारका रोगहरुबाट सुरक्षित रहने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देल बताउनु हुन्छ । 

पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मोहन सुप्तिहाङ रार्ई, पालिका अध्यक्ष अरुणादेवी रार्ई, पालिका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत उमेश गिरी, स्वास्थय शाखा प्रमुख सूर्यबहादुर कार्की, सबै वडाका वडाध्यक्षहरु, सबै स्वास्थ्य स्वयंसेवी, स्वास्थ्यकर्मीहरु, ईलाका प्रहरी कार्यालय चिसापानी तथा सशस्त्र सुरक्षा वेश क्याम्प चिसापानी का प्रमुखहरु, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes