सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २०, २०८०, Diktelrupakotmajhuwagadi

Image

पाथेकामा एकदिने आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझवागढी नगरपालिका-१० पाथेकामा एकदिने निःशुल्क आयुर्वेदिक स्वस्थ्य शिविर सम्पन्न भएको छ । वडाका वडाध्यक्ष मुगाधन रार्ईको अध्यक्षतामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाको  व्यवस्थापनमा मंगलवार  पाथेका स्वास्थ्य चौकीेको प्राङ्गणमा निःशुल्क  स्वस्थ्य परिक्षण र औषधि वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका कार्यालय प्रमुख   डा.उमेशकुमार मेहताले जानकारी दिनु भएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका सञ्चालन  तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर रार्ईले उद्घाटन गर्नुभएको स्वास्थय शिविर कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा.उमेशकुमार मेहता, आयुर्वेदका अन्य कर्मचारीहरु, स्वास्थ्य स्वंयम सेविका, वडासदस्यहरु शहरमणी राई, रामधन राई, सरस्वती मा.बि. पाथेकाको व्यवस्थापन समितिका अध्यक्ष हात्तिराम रार्ई, पुर्व गाबिस अध्यक्ष दैबकेशर रार्ई, पार्टी प्रतिनिधिहरु, स्थानीय सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा.उमेशकुमार मेहताका अनुसार निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा करिव २०० जना रोगी, जेष्ठ नागरिकहरुका अलावा अन्य उमेरका नागरिकहरु समेत सहभागी  भएर स्वास्थ्य परिक्षण  गराउँदै औषधिको लाभ लिनु भएको थियो । 

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मेहता भन्नुहुन्छ -‘व्यक्ति स्वस्थ भएमा मात्रै समाज स्वस्थ रहन्छ । तब मात्र सिङ्गो राष्ट्र नै स्वस्थ हुने भएकाले  आफ्नो स्वस्थ्यमा सधै सचेत रहनु पर्दछ ।’

 

 

 

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes