सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २०, २०८०, Khotang

Image

खोटाङ-पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाको तयारीमा


हलेसीन्युजडेस्क, खोटाङ/

खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएकोे छ । पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहलमा आज बसेको बैठकले खोटाङ जिल्लालाई असार २३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय भएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आषाढ २१ गते पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने कार्यक्रम तय भएकोले उक्त गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै खोटाङ जिल्लाका सबै स्थानीय तहहरु पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणायुक्त हुनेछन् ।

जिल्लाभित्रका जन्मेदेखि पाँच वर्ष भित्रका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप लगाएपश्चात जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि  आगामीअसार २३ गते जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

नेपाल सरकारले निःशुल्क उपलव्ध गराएको १३ प्रकारका खोपहरु सबै खोप उमेर समूहका वालबालिकाहरुलाई लगाएपछि मात्र पूर्ण खोप सुनिश्चितता भएको मान्न सकिने भन्दै वालवालिकाहरुलाई खोप लगाउँदा उनिहरु धेरै प्रकारका रोगहरुबाट सुरक्षित रहने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देल बताउनु हुन्छ ।

जिल्लामा जन्मेदेखि पाँच वर्ष भित्रका १६ हजार ५०५ जना बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes