सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

असाड २२, २०८०, Khotang

Image

दिप्रुङ चुइचुम्मा गाउँपालिका -‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

 

हलेसीन्युजडेस्क,खोटाङ /

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई विहीवार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यमा गाउँपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रमका वीच गाउँपालिकालाई पूर्ण खोप सुश्निचितता गाउँपालिका घोषणा गरिएको हो ।

सात वटा वडा रहेको गाउँपालिकाका ०–१५ महिनाका जम्मा २९० बालबालिका तथा १६–२३ महिनासम्मका १४३ बालबालिका रहेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणासभामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा घोषणासभाका अध्यक्ष एवम् गाउँपालिका प्रमुख, प्रमुख अतिथि लागायत सहभागीहरुले पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली काँग्रेसका नेता केशवराज कार्की, गाउँपालिका उपप्रमुख अरुणा थापामगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देल लगायतको उपस्थिति रहेको थियो । 

दिप्रुङचुइचुम्मा गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणासँगै  अब जिल्लाका सबै स्थानीयतहहरु पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएका छन् । खोटाङ जिल्लालाई यही असार २३ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी भैरहेको श्रोतले जनाएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes