सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ६, २०८०, Nepal

Image

चन्द्रमाको सतहमा चन्द्रयान–३ अवतरण गराउन भारत सफल


हलेसीन्युजडेस्क, खोटाङ

भारत चन्द्रमाको सतहमा यान अवतरण गराउने विश्वको चौथो देश बनेको छ । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएसँगैे भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको हो ।

नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमाको दक्षिण ध्रुवमा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो ।
अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेपछि चौथो पटक यान चन्द्रमामा अवतरण गराउन भारत सफल बनेको छ ।

चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए । अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुग्नुभएको छ , उहाँले त्यहीबाट अवतरणको दृश्यलाइ प्रत्यक्ष प्रसारणमार्फत अवलोकन गर्नुभयो । आजै बेलुका प्रम मोदीको देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।

यो परियोजनाको मुख्य उद्देश्य चन्द्रमामा पानी खोजी गर्नु हो । जसलाई रकेट फ्युलको रुपमा प्रयोग गर्नेदेखि चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खोजी गर्नु रहेको छ । चन्द्रमाको दक्षिण धुव्र अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफको सम्भावना उच्च हुने वैज्ञानिकको दावी छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes