सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २६, २०८१, खोटाङ

Image

आज विश्व रेडक्रस दिवसः विश्वभरी विभिन्न परोपकारी कार्यक्रमका साथ मनाइदै

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो

हलेसीन्युजडेस्क, खोटाङ /
आज विश्व रेडक्रस दिवस । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका  साथ आज विश्व रेडक्रस दिवस मनाउन लागिएको हो । ई.सं. १८२८ मे ८ का दिन स्वीटजरल्यान्डको जेनेभामा जाँ हेनरी ड्यूनाको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान् व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसका रुपमा संसारले सम्झना, समर्पण अनि सद्भाव व्यक्त गर्दछ । सन् १८६३ मा नेपालमा रेडक्रसको स्थापना भएपछि विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ तारिख, आजकै दिन नेपालमा पनि हरेक परोपकारी कार्य गर्दै रेडक्रस दिवस मानार्ईदै आएको छ ।

आज खोटाङमा पनि रेडक्रस दिवस मनाइदैछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गर्दै विश्व रेडक्रस दिवसको अवसर पारेर खोटाङ जिल्लामा रक्तदान कार्यक्रम गरिएको  छ । रक्तदान दिनुहुनेमा ने.रे.सो खोटाङका उपमन्त्री परशुराम बि.क तथा जिल्ला कार्यसमिति सदस्य शिवकुमार  बस्नेतले रक्त संञ्चार केन्द्रमा रक्तदान गर्नु भएको स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठले बताउनु भयो । 

दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मा सम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने र विशेषतः पहुँच बाहिर जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमयले बताउनु भयो । 

नेपाल रेडक्रस सोसार्ईटी खोटाङ जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशीले शुभकामना सन्देशमा पछिल्लो समय जलवायु परिवर्तनले उत्पन्न विपदका घटनाले मानवताको रक्षामा चुनौती बन्दै गइरहेको जनाउँदै मानवीय सेवामा जुट्न आह्वान पनि गर्नु भएको छ । 

कार्यक्रममा उपसभापति भिम शैजु, मन्त्री छत्र कुमार बजिमय, उपमन्त्री परशुराम बि.क, जि.का.स सदस्य शिव कुमार बस्नेत, अर्जुन राउत तथा रेडक्रसकर्मीहरुको उपस्थिति  रहेको थियो । 

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको कार्यालयमा भएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

Horoscopes Icon

All Horoscopes