सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २८, २०८१, खोटाङ

Image

दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच सहकार्यको समझदारी

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच समझदारी भएको छ । दिक्तेल रुपाकोट नगरपालिकाको नगरप्रमुख तीर्थराज भट्टराईको उपस्थितिमा विहीवार दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयबीच शैक्षिक, साँस्कृतिक, कला, साहित्यिक क्षेत्रमा पारस्पारिक सहयोग आदान प्रदान गर्ने लिखित समझदारी भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरहलमा एक अन्तरकृयाको कार्यक्रम समेत आयोजना गरी दुई पक्षवीच शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि दिक्तेल बहुमुखी क्याम्पस र सोङगोक विश्वविद्यालयबीच शिक्षा क्षेत्रको अनुभव आदानप्रदान गर्ने, दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा–१२ उत्तीर्ण गरेका विद्यार्थी सोङगोक विश्वविद्यालयमा गएर अध्ययन गर्न चाहेको खण्डमा क्याम्पसको सिफारिसमा सोङगोक विश्वविद्यालयले भर्ना गर्ने, क्याम्पसको सिफारिसमा परेका विद्यार्थीले कोरियन भाषा अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने, खोटाङ र दक्षिण कोरियाबीच कला, साहित्य र सँस्कृति आदानप्रदान गर्ने विषयमा छलफल गरि सोही कुराहरु उल्लेख गर्दै समझदारीपत्र तयार गरिएको थियो ।

आठवटा बुँदे समझदारीपत्रमा दिक्तेल बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राई र सोङगोक विश्वविद्यालयको तर्फबाट महासचिव डा. जीन सेउब चोईले हस्ताक्षर गर्नुभएको छ । सो समझदारीपत्रमा आगामी दिनमा दुवै पक्षको आपसी सहमतिमा अन्य क्रियाकलाप विस्तार गर्दै जाने पनि उल्लेख गरिएको छ ।

दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेपछि सोङगोक विश्वविद्यालयका महासचिव डा. चोईले दिक्तेल बहुमुखी क्याम्पससँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताउनुभएको छ । समझदारीका लागि महासचिव डा. चोईसँगै नोग्योप विश्वविद्यालयका निर्देशक डा. ली साङ जोनसमेत दिक्तेल आउनुभएको थियो ।

समझदारीपत्र आदानप्रदानपछि सोङगोक विश्वविद्यालयका महासचिव डा. चोईले दिक्तेल बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष राईलाई सोङगोक विश्वविद्यालयको लोगो (चिन्ह)समेत प्रदान गर्नुभएको छ । कार्यक्रममा नगरपालिका र क्याम्पसले दक्षिण कोरियाली प्रोफेसर डा.द्धयलाई फूलमालाले स्वागत गरेका थिए ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख भट्टराई, वडाध्यक्षहरु, क्याम्पस प्रमुख हिराकुमार राई, प्राध्यापकहरु लगायतको सहभागिता रहेको थियो । दुई पक्षबीच अन्तरक्रियासमेत गरिएको कार्यक्रमका वक्ताहरुले दक्षिण कोरियाको सोङगोक विश्वविद्यालयसँगको समझदारीले दुई देशबीचको सम्बन्ध सुधारसँगै विकास÷निर्माणमा समेत सघाउ पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।

नगरप्रमुख भट्टराई तथा उपप्रमुख वीशन राई गत मंसिरमा दक्षिण कोरियाको ग्युङगी प्रोन्सि अन्तर्गत पूर्वमेयर एशोसियसनका महासचिव, केएलसिसिका अध्यक्ष तथा शिहुङ नगरपालिकाका पूर्वमेयर लि यान शो र न्योङयुप विश्वविध्यालयका अध्यक्ष चो दोङ शोको औपचारिक निम्तोमा दक्षिण कोरियाको भ्रमणमा जानुहुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दक्षिण कोरियाको शिन आन्सान विश्वविद्यालयबीच पनि पारस्परिक रूपमा लाभदायक सहकारी सम्बन्ध स्थापना गर्ने विषयमा गम्भिर छलफल तथा समझदारी भएको थियो ।


[ यो पनि-दिरुम नगरप्रमुख भट्टराई र कोरिया दुतावासका कुटनीतिक नियोग उपप्रमुख भट्टराईवीच भेटवार्ता 

दिरुम नगरपालिका र शिन आन्सान विश्वविद्यालयका वीच आठ बुँदे समझदारीपत्रमा हस्ताक्षर }

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पास्थित जनसेवा नगर अस्पतालको...

हलेसीन्यजुडेस्क, खोटाङ / खोटाङमा सञ्चालन भैरहेको वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

Horoscopes Icon

All Horoscopes