भदौ २६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई किराँत साँस्कृतिक पहिचानको प्रतिक मानिने वाबु (चिण्डो) र कठुवाको उपहार सहित युरोपियन देश लिथुवानिय पुगेर त्यहाँको नारिङ्गा नगरपालिकालाई उपहार प्रदान गर्दै आफ्नो देशको साँस्कृतिक सभ्यताको प्रवद्र्धनमा जोड दिनुभएको छ । युरोपियन मुलुक लिथवानियाको नारिङ्गा नगरपालिकाका नगरप्रमुख डारियस जासाइटिस र निडा आर्ट एशोसियसन टिलटासको निमन्त्रणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुख भट्टराई ३ सदस्यीय प्रतिनिधिमण्डल सहित गत भाद्र १७ गते लिथुवानिया पुग्नुभएको हो ।
दिक्तेल मझुवागढीनगरपालिकाका नगरप्रमुख भट्टराईले नारिङ्गा नगरपालिकाका नगरप्रमुख जासाइटिसलाई भाद्र २४ गते विशेष कार्यक्रमका वीच औपचारिक भेटघाटको अवसरमा किराँत सँस्कृतिका प्रतिक वाबु र कठुवा उपहार प्रदान गर्नुभएको हो । वाबुको मुखमा चन्द्र सूर्य अंकित नेपालको झण्डा र लिथुवानियाको राष्ट्रिय झण्डा कुदिएको छ । सोही अवसरमा नगरप्रमुख भट्टराईले सिलाम साक्पा लगायत ढाकाको टोपी लगाई दिएर नोरिङ्गा नगरपालिकाको नगरप्रमुख जासाइटिसलाई नेपालकै तर्फबाट उच्च सम्मान प्रकट गर्नुभएको थियो भने नगरप्रमुख जासाइटिसले पनि नगरप्रमुख भट्टराईलाई त्यहाँको फेमस टावर अंकित प्रतिक उपहार दिएर सम्मान प्रदान गर्नुभएको थियो ।
सोही दिन नोरेङ्गा नगरपालिका र निडा आर्ट एशोसियसनको आयोजनामा ४३ देशको अन्तर्राष्ट्रिय चित्रकला पेन्टिङ प्लेन एयर कार्यशालाको उद्घाटन कार्यक्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईले सम्वोधन गर्नुभएको जनाइएको छ ।
नगरप्रमुख भट्टराईद्धारा उपहार स्वरुप प्रदान गर्नुभएको भेडाको उनको बुस्कोट लगाएर नारिङ्गा नगरपालिकाका नगरप्रमुख जासाइटिस अन्तराष्ट्रिचित्रकला कार्यशालाको उद्घाटन कार्यक्रममा सहभागी हुँदा नेपालीको समेत गरिमा बढेको अनुभूति भएको नगरप्रमुख भट्टराई नेतृत्वमा गएको प्रतिनिधि मण्डलका सहभागी प्राज्ञ तथा मूर्तिकार धनबहादुर याक्खाले बताउनुभयो ।
उद्धघाटन कार्यक्रममा दिक्तेल रुापकोट मझुवागढी नगरपालिकाका तर्फबाट नगरप्रमुख भट्टराईले संवोधन भाषण गर्दै खोटाङको साँस्कृतिक तथा पर्यटकीय सम्पदाका वारेमा चर्चा गर्नुभएको थियो ।
उहाँले २०८० साल अशोज १७ गतेदेखि अशोज २० गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा लिथुवानियाँका पाच चित्रकारहरुद्धारा सहभागिता जनाएको उल्लेख गर्दै सोही कारणले नेपालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग यो देशको अन्तर सम्बन्ध स्थापित हुने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग नारिङ्गा नगरपालिकावीच भगिनी सम्बन्ध स्थापित गर्दा दुवै देशका यी नगरपालिकाभित्रका कला, सँस्कृति र अन्य विविध क्षेत्रका विकासमा सहयोग पुग्ने कुरामा समेत उहाँले जोड दिनुभयो ।
सो अवसरमा नगरप्रमुख भट्टराईले नारिङ्गा नगरप्रमुख दारियस, उपमेयर नारुनस, तथा वरिष्ठ कलाकार सौलस र इदिता लुविकेटलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भ्रमणका लागि निमन्त्रण दिनुभएको छ ।
नगरप्रमुख भट्टराईद्धारा सम्बोधन गरिएको भाषणको अंश
नमस्कार , गुड मर्निंग, लाभास
नोरिंगा नगरपालिकाका मेयर अनरेवल दारियस जसाइटिस,
उपमेयर नरूनास लेन्डाइटिस
नगर सभाका सदस्य
नगरपालिकाका कर्मचारी परिवार
वरिष्ठ चित्रकार सौलस क्रोपिस
४३ वटा देशबाट आउनु भएका वरिष्ट चित्रकार ।
अदर लेडिज एण्ड जेन्टल मेन
नोरिंगा नगरपालिका मेयर दारियस तथा निडा आर्ट एशोसिएसनबाट सौलस क्रोअपिसको निम्तोमा मलाई ४३ देशका चित्रकारको सहभागितामा भएको अन्तराष्ट्रिय कार्यक्रम– २०२४ मा सहभागि हुने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेरिड्गा नगरपालिका मेयर दारियस तथा नगर परिवारले कला र संस्कृतिको विकासको लागि खेलेको भूमिकाले मलाई धेरै प्रभावित बनाएको छ ।
म व्यवसायीक चित्रकार त होइन तर फुर्सदको समयमा चित्र कोर्ने गर्दछु । म कलाको पारखी हुँ । कला विना जीवन अधुरो हुन्छ भन्ने ठान्दछु । मैले निडा आएको समयमा क्यानभासमा यहककाको चित्र उतार्ने कोशिस गरेको छु । पक्कै पनि स्वीकार्दिनु हुनेछ । राष्ट्रको पहिचानको मुख्य आधार कला र संस्कृति हो । त्यही कारण मैले यहकका आएर लिथुवानिया र नोरिंगाको विषयमा कला र संस्कृति मार्फत धेरै कुरा सिक्ने र नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएको छु । यो अनुभवबाट मेरो नगरपालिकाको कलाको विकासमा गर्न थप मद्दत पुग्नेमा विश्वस्त छु । हामीले पनि २०२३ अक्टोबरमा दिक्तेलमा कार्यशाला गरेका थियौं भने फेव्रुअरीमा ५२ देशका कलाकारले बनाएको चित्रकलाको प्रदर्शनीको उदघाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले र समापन तात्कालिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहालले गर्नु भएको थियो । हाम्रो कार्यक्रममा लिथुवानीयाका चित्रकारको सहभागिता रहेको जानकारी गराउन चाहन्छु ।
मेरो नगरपालिका र नारिंगा नगरपालिका वीच भगिनी सम्बन्ध स्थापित गर्दा कला, संस्कृति र अन्य विविध क्षेत्रको विकासमा मद्दत पुग्ने भएकोले दुबै देशको नीति र कानून भित्र बसेर औपचारिक रूपमा ःइग् गरेर सम्बन्ध विस्तारको पहल कदमीका लागि प्रश्ताव गर्न चाहन्छु ।
त्यसैगरि मेयर दारियस , उपमेयर नारूनस तथा वरिष्ठ कलाकार सौलस र इदिता लुविकेटलाई मेरो सिटी दिक्तेल आउनको लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।
यहाँका नगर प्रमुख दारियसले अति महत्वकासाथ स्वागत गर्दै सम्मान गर्नु भएकोमा आभार प्रकट गर्दछु । त्यसैगरी म यहाँ भएको समयमा हाल नगरपालिका भित्र भइ रहेका विभिन्न कार्यक्रममा सम्मानका साथ सहभागि गराई रहनुभएको प्रति म र मेरो नगरपालिका मेयर दारियसप्रति रिणी रहेकोछ । मेयर लगायतको टिमलाई छिटोभन्दा छिटो कोशी प्रदेश, खोटककाग जिल्ला, दिक्तेल रूपाकोट मझुवागढी दिक्तेल, नेपालको मेरो नगरपालिकामा स्वागतको लागि आतुर रहेको जानकारी गराउन चाहन्छु । निडा अन्तराष्ट्रिय चित्रतलामा सहभागि हककुदै सहकार्यको वातावरण मिलाउनु भएकोमा मेरो टिमका वरिष्ठ चित्रकार तथा मुर्तिकार धनबहादुर याक्खालाई हार्दिक आभार प्रकट गर्दछु ।त्यसै गरी कलाको माध्ययमबाट विश्वजगतलाई जोड्ने अभियानका नायक वरिष्ठ कलाकार सौलस कोपिस तथा उपस्थित सम्पूर्ण कलाकारहरू प्रति सम्मान व्यक्त गर्दछु ।
धन्यवाद ।
२०२४ सेप्टेम्वर ९,नोरिंगा नगरपालिका, लिथुवानियाँ
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !