सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १२, २०८१, खोटाङ

Image

कतारी राजा दुई दिवसीय नेपालभ्रमण सकेर स्वदेश फिर्ती

 
हलेसीन्युजडेस्क,खोटाङ /

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालमा २२ घण्टा बिताएर स्वदेश फर्कनुभयो । बंगलादेश हुँदै आफ्नो निजी विमानबाट मंगलबार साँझ ४ बजे नेपालमा अवतरण गर्नुभएका कतारी राजा बुधबार दिउँसो २ वजे आफ्नो निजी विमानबाट स्वदेश फर्किनुभएको हो ।

कतारका अमिर (राजा)को नेपालमा भव्य स्वागत भएकोे छ । राजा थानीको स्वागतार्थ मंगलवार राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । राजाको सम्मानार्थ नेपाली शेनाले २१ तोपको सलामी दिएको थियो । 

कतारी अमिर थानी एएरपोर्टबाट सिधै राष्ट्रपति निवास शितलनिवास पुग्नुभयो, जहाँ राष्ट्रपति पौडेल र कतारी राजा थानीवीच शिष्टाचार भेटवार्ता भएको थियो । त्यसपछि राष्ट्रपति पौडेलले राजा थानीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

बुधवार १०ः३० बजे कतारी राजा थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवीच दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर समेत भयो । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरवीचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो । 

यस्तै छ वटा विषयमा सझादारी पनि भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । ८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ व्यक्तिहरू बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कतारी राजालाई विदाई गर्नुभएको थियो । सो विदाईको अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

[ यो पनि--कतारका अमिर नेपाल भ्रमणमा  }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालय अन्तर्गत पठन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित त्रिधार्मिक स्थल हलेसीमा हवन कुण्ड...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

Horoscopes Icon

All Horoscopes