सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

आश्वीन २६, २०८०, HalesiTuwachung

Image

वैदेशिक रोजगारीमा रहेका विनेश राईबाट एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी भए पुरस्कृत


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसी तुवाचुङ नगरपालिका बाहुनीडाँडाका बिनेश राईले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ । बैदेसिक रोजगारीका सिलसिलामा हाल दक्षिण कोरिया रहनुभएका राईले २०७९ को एसइई परीक्षामा सबैभन्दा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने कालिका माध्यमिक विद्यालय बाहुनीडाँडाका छात्र तविन राईलाई नगद रु. ३० हजार पुरस्कार प्रदान गर्नुभएको हो ।

आफ्नो जन्मेको ठाउँको र आफूले पढेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक क्षेत्रमा हौसला वढोस भनेर आफूले विदेशमा पसिना बगाएर कमाएको रुपियाको सानो अंश विध्यार्थीहरुका लागि खर्च गरिएको राइले बताउनुभयो । उहाँले भन्नुभयो— ‘ पाँच वर्षसम्म कालिका माध्यमिक विद्यालयबाट एसइइ उत्तिर्ण गर्ने विद्यार्थीलाई बार्षिक ३० हजार नगद पुरस्कार प्रदान गर्नेछु ।’

विद्यालयले बिहिबार आयोजना गरेको वडादशैंको शुभकामना आदानप्रदान तथा एसइईमा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राईका बुवा चहलसिं राईले छात्र राईलाई नगद पुरस्कार हस्तान्तरण गर्नुभयो । २०७९ सालको एसइइ परीक्षामा विध्यार्थी राईले २.८५ जिपिए अंक ल्याएर एसइई उत्तिर्ण गरेका हुन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes