मंसिर १९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पा चिउरीडाँडामा शिक्षा सुधार सम्बन्धि एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । वडा नं.७ दोर्पाका वडाध्यक्ष हरिप्रसाद चौलागाईको अध्यक्षता तथा नगरप्रमुख एवं नगर शिक्षा समितिका संयोजक तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा मंसिर १८ गते वडा कार्यालयको सभाहलमा वडास्तरीय शैक्षिक सुधारका सम्बन्धमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको वडाध्यक्ष चौलागाईले हलेसी एफएमलाई बताउनुभयो ।
कार्यशाला गोष्ठीमा शिक्षाविद् डा.तोयानाथ खनालले वडास्तरीय तीन वर्षे शैक्षिक कार्य योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले शैक्षिक सुधारका लागि व्यवहारिक पद्धतिलाई अवलम्वन गर्न सकिने र महँगो वजेट चाहिन्छ भन्ने अवधारणा गलत सिद्ध गर्न सकिने बताउनुभयो । वजेटको अभावमा पनि कार्ययोजना बनाएर शिक्षा सुधार गर्न सकिने भन्दै त्यसका लागि उहाँले २९ बुँदे बिना रकममा अवलम्वन गर्न सकिने कार्य योजनाको व्याख्या गर्नुभयो । यस्तै कम लगानीमा १७ बुँदे कार्य योजना र पर्याप्त वजेटको सदुपयोग गर्दै लागू गर्न सकिने ११ बुँदे कार्य योजनाका बारेमा पनि उहाँले सविस्तार व्याख्या गर्नुभएको थियो ।
यस्तै वडा नं. १२ जाल्पाका वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक दानबहादुर राईले कार्यशाला गोष्ठीमा प्रस्तुत कार्य योजना केवल वडा नं. ७ का लागि मात्र नभएर समग्र नगरपालिका, जिल्ला र केन्द्रिय सरकारका लागि समेत सहयोगी शैक्षिक कार्ययोजनाका रुपमा उपयोगी रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख भट्टराईले शिक्षा सबै क्षेत्रको जननी भएकोले संभावना भएसम्म नगरपालिकाले आगामी वर्षमा कम्तिमा पनि २० प्रतिशतभन्दा वढी वजेट शैक्षिक क्षेत्रका लागि विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अधिकांस वक्ताहरुले शिक्षामा सुधार गर्न अभिभावक, जनप्रतिनिधिहरु र शिक्षकहरुले अग्रसरता र एक्यवद्धता गरे शिक्षामा सुधार हुने निश्चित रहेको विचार प्रकट गर्नुभएको थियो ।
वडाध्यक्ष हरिप्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यशालामा प्रमुख अतिथि तथा नगरप्रमुख तीर्थराज भट्टराई, शिक्षाविद् डा. तोयानाथ खनालका साथै वडा नं. १२ का वडाध्यक्ष दानबहादुर राई, नगर शिक्षा सुधार कार्यदलका संयोजक एवं शैक्षिक अभियन्ता सूर्यबहादुर राई, भलेश्वर मावि काभ्रेका प्रअ रामचन्द्र थापा, जालपा माविका प्रअ दिलबहादुर राई, विध्योदय माविका विव्यास अध्यक्ष शहरमान राई, वडा नं. ७ का वडा सदस्य हरिकुमार राई, शैक्षिक अभियन्ता तथा नगर शिक्षा सुधार कार्यदलका सदस्य कृष्ण बुढाथोकी, नेराशि संगठनका अध्यक्ष टंक कटुवाल, नेशिसंघका कुमार खनाल लगायत स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यशाला गोष्ठीको समापन पछि पनि साँझ ६ वजेदेखि अवेरसम्म शैक्षिक सुधारका विषयमा गहन छलफल गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !