मंसिर १९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३ बाम्राङस्थित साबित्रा माध्यमिक विद्यालयमा अध्ययन गरेका भूतपुर्व विद्यार्थीहरूले अक्षयकोष स्थापना गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल राईको अध्यक्षता तथा वडा नं ३ का वडाध्यक्ष महेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा मंसिर १८ गते भएको एक कार्यक्रममा शैक्षिक सत्र २०६४ सालमा एसएलसी दिएका १५ जना विद्यार्थीहरुबाट संकलित रकम रु १ लाख ३६ हजार नौ सय २८ रूपैयाँको सावित्रा माध्यामिक विध्यालय भूतपूर्व विध्यार्थी अक्षयकोष—२०८१ स्थापना गरिएको बिध्यालय श्रोतले जनाएको छ ।
कार्यक्रमका केहीँ झलक




विध्यालयको क्षमता विकास गर्न, विध्यार्थीहरुको शैक्षिक पठनपाठनमा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु खरिद गर्न टेवा पुराउने तथा विद्यालयमा अध्ययनरतः आर्थिक अवस्था कमजोर रहेका जेहनदार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु-याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर विद्यालयलाई हस्तान्तरण गरिएको भूतपूर्व विद्यार्थी एवं वडा नं. ३ का वडा सदस्य रेखा रम्तेलले हलेसी एफएमलार्ई जानकारी दिनु भएको छ । उहाँका अनुसार अक्षयकोषको सावा बैंकमै रहनेछ र त्यसबाट आएको ब्याजबाट विध्यालय हितका रचनात्मक कार्यमा खर्च गरिनेछ ।
अक्षय कोषलाई व्यवस्थित रुपमा संचालन गर्न विध्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल राईको अध्यक्षतामा एक समिति गठन गरिएको जनाइएको छ । उक्त समितिमा विध्यालय अभिभावक संघका अध्यक्ष बयानसिं राई उपाध्यक्ष,विध्यालय लेखा शाखाका डम्वर पाण्डे काषाध्यक्ष, विध्यालयका प्रधानाध्यापक टंकप्रसाद भण्डारी सचिव तथा शिक्षक शिवप्रसाद राई, भूतपूर्व विध्यार्थीहरु रेखा रम्तेल र पर्शुराम थापा सदस्यमा चयन गरिएको विध्यालय श्रोतले बताएको छ ।
सावित्रा मावि भूतपूर्व विध्यार्थी अक्षयकोष खडा गर्नका लागि भूतपूर्व विद्यार्थीहरू क्रमशः हिराधन राईबाट रु २७ हजार ७ सय ७३ रुपैया ७७ पैसा, तोया राईबाट रु २१ हजार रुपैयाँ अक्षय कोषका लागि संकलन गरिएको थियो । यसैगरी अक्षय कोषमा केशव कटवालबाट रु १० हजार, सन्तोष मगर (निरकाजी) बाट रु १० हजार, रविन्द्र नाथ भण्डारीबाट रु १० हजार, हिमाल भट्टराईबाट रु १० हजार, नवराज थापाबाट रु.७ हजार ९९ रूपैयाँ पैसठ्ठी पैसा, दिपेन्द्र थापाबाट रु ६ हजार, रेखा रम्तेलबाट रु ५ हजार ५५, ओसनबावु सुवेदीबाट रु ५ हजार, तारा खतिवडा (खनाल)बाट रु ५ हजार, पुष्पा राई (उषा)बाट रु ५ हजार, पर्शुराम थापा (आशिष)बाट रु ५ हजार, सर्मिला कटवालबाट रु ५ हजार र पुर्णीमा राई (नुमा) बाट रु ५ हजार रकम उपलव्ध भएको विध्यालयले जनाएको छ ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर राई, कार्यपालिका सदस्य मिना कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल राई, निमित्त प्र.अ. टंकप्रसाद भण्डारी लगायतले पूर्व विद्यार्थीले गरेको यो काम अनुकरणीय र प्रशंसायोग्य रहेको बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान