सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

कार्तिक २५, २०८०, साकेला

Image

‘पालिकाको भूगोलभित्र भईरहेको विकास आफ्नै घरआगनमा भएको सम्झनु पर्छ’ –अध्यक्ष राई


हलेसीन्युजडेस्क, खोटाङ /

साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले कुनै पनि जात, भुगोल, धर्म, वर्ग र लिङ्गको आधारमा कसैलाई पनि विभेद नगरिएको बताउनुभएको छ । उहाँले विभेदकारी नीतिलाई पर सार्दै समग्र साकेलाको समृद्धि सोचेर अहिलेको सरकार विकासप्रति संवेदनशील भएको बताउनुभएको छ ।

जनविकास मञ्च साकेला गाउँपालिका–३, खिदिमा ढाँडेद्धारा नवज्योती आधारभूत विद्यालयमा शुक्रवार शुभदिपावली, छठ, उभौली पर्व–२०८० को अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘पालिका सरकार गाउँपालिकाको विकासप्रति संवेदनशिल छ, हामीले विभेदकारी नीति अपनाएको छैनौं ।’ उहाँले अगाडि भन्नुभयो– ‘तावाभञ्ज्याङ जस्तो भूगोल चखेवा भञ्ज्याङमा पनि छ, मैले विभेद गरेको भए पर्यटकीय संरचनाहरु त्यँही निर्माण गर्थेँ होला, तर विगत सरकारले थालेको तावातालको कुरालाई शिरोपर गर्दै तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउने हाम्रो लक्ष्य छ ।’

उहाँले थप्नुभयो– ‘पालिकाको भूगोलभित्र हुने विकासलाई साकेलाबासीले आफ्नै घरआगनमा भएको विकास सम्झनु पर्छ ।’ 

तावातालसँगै तावाभञ्ज्याङमा निर्माण हुने साँस्कृतिक तथा पर्यटकीय संरचनाहरु पालिकाको आर्थिक समृद्धिको महत्वपूर्णस्थल बन्ने उहाँको भनाई छ । पालिका सरकारले गरिरहेको हरेक विकासलाई उच्च विचार र फराकिलो मनले सोचेर सहयोग गर्न साकेलावासी नागरिकहरुलाई अध्यक्ष राईले आग्रह गर्नुभयो । 

कार्यक्रममा गायक तथा संगितकार हिमाल श्रेष्ठ, नवगायक रविन दियाली, पालिका प्रतिभा–२०८० को फाईनलिष्ट डान्सर मेनुका राई लगायत जन विकास मञ्चका कलाकारहरुले विभिन्न साँगितिक प्रस्तुति दिएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको पनि विशेष उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

Horoscopes Icon

All Horoscopes