सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २६, २०८०, खोटाङ

Image

दिरुम नगरप्रमुख भट्टराई र कोरिया दुतावासका कुटनीतिक नियोग उपप्रमुख भट्टराईवीच भेटवार्ता


हलेसीन्युजडेस्क, खोटाङ /

दक्षिण कोरियाको मैत्रिपूर्ण भ्रमणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको कोरियास्थित नेपाली दुतावासका कुटनीतिक नियोग उपप्रमुख पुष्पराज भट्टराई लगायतसँग भेटवार्ता भएको छ । दक्षिण कोरिया भ्रमणका अवसरमा सोमवार नगरप्रमुख भट्टराई नेपाली दुतावास पुगेर त्यहाँका कुटनैतिक नियोग उपप्रमुख भट्टराईसँग भेटवार्ता गरी त्यहाँ पुगेका नेपालीहरुको अवस्था र उनीहरुले भोग्नु परेको समस्याका वारेमा जानकारी लिदै त्यसमा दुतावासले खेलिरहेको भूमिकाका वारेमा चासो लिनु भएको थाहा भएको छ ।

सो क्रममा त्यहाँ रहेका नेपालीलाई पर्ने भाषिक समस्या, भिसा नविकरण, पासपोर्ट नविकरण र बनाउनका लागि दुतावासले कुटनीतिक पहल गरेर समस्या समाधान गरिरहेको दुतावासका कुटनीतिक नियोग उपप्रमुख भट्टराईको कथन थियो । नगरप्रमुख भट्टराईद्धारा राखिएको एउटा जिज्ञासाका बारेमा नियोग उपप्रमुख भट्टराईले इपिएसमा कोरिया आएका नेपाली युवाहरुलाई पर्ने सम्भावित समस्यामा नेपाल सरकार र कोरियन सरकारको पुलको काम गर्दै समस्या समाधान गरिरहेको बताउनुभयो । त्यस्तै नेपालीलाई कोरियनले हेर्ने दृष्टिकोणका सम्बन्धमा नियोग उपप्रमुखले नेपालीहरु इमान्दार, मेहेनती  र अनुशासित नागरिकको रुपमा कोरियनले मान्ने गरेको अनुभव बताउनुभयो । तर पछिल्लो समय सिजनल कामदार र कुनै प्रयोजनका लागि कोरिया आएर लुकेर बस्ने प्रवृत्ति बढ्दै जाँदा नेपालीको छवि धमिलो बन्दै गएको थाहा भयो ।

अबैधानिक कामदारलाई कोरियन सरकारले कुनै प्रकारको भिसा दिलाउन नसक्ने भएकोले दुतावासले सहज ढंगले नेपाल फर्काउन बाध्यता रहेको पनि उहाँले बताउनुभयो ।

कानूनी रुपमा मात्र दुतावासले सहजिकरण गर्न सक्ने भएकोले समस्या आइपर्दा तत्कालै दुतावासमा आएर वा फोनमार्फत जानकारी दिइ सहयोग लिन उहाँको सुझाव थियो । नेपालबाट कोरिया आएर स्थानीय सरकारका रुपमा नगर प्रमुख भट्टराई तथा उहाँको टोलिले दुतावासमा आई कोरियामा रहेका समग्र नेपालीहरुको अवस्था र समस्याका वारेमा चासो लिई समाधानका उपायका वारेमा छलफल भएकोमा दुतावासका तर्फबाट खुशी व्यक्त गरिएको जनाइएको छ ।

दुतावासस्थित भेटघाटमा नगरप्रमुख भट्टराईका साथ किष्ट कलेजका अध्यक्ष माधव प्रसाद वराल, प्रवन्धक निर्देशक राजेन्द्र कुमार घिसिङ, कोरियन भाषा विज्ञ सहजकर्ता नवराज काफ्ले र गोयांग कृषि विश्व विध्यालयका निर्देशक प्रो. लि. सांग जु सहभागी हुनुहुन्थ्यो ।

 

नगरप्रमुख भट्टराईको कोरिया भ्रमणका क्रममा भएका महत्वपूर्ण कार्यक्रमहरुका वारेमा त्यहाँका सञ्चारमाध्यमले समेत स्थान दिइरहेको थाहा भएको छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes