सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २६, २०८०, खोटाङ

Image

खोटाङमा सर्वदलीय/सर्वपक्षीय बैठकबाट वर्तमान राजनैतिक परिस्थितका बारेमा छलफल


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा नेकपा एमालेको समृद्धिका लागि संकल्प अभियानका क्रममा एमाले अध्यक्ष केपि शर्मा ओली खोटाङ आउनुहुँदा पहिचानवादीले बन्दको आह्वान गरेसँगै थप शान्ति सुरक्षामा जटिलता आउन नदिन सर्वदलीय/सर्वपक्षिय बैठक राखिएको छ ।  

नेकपा एमालेको ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अभियान अन्तगर्त एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंसिर २६ गते ओखलढुंगाको हर्कपुर आउने कार्यक्रम छ । त्यसपछि हलेसी मन्दिर परिसरमा केही समय विताएर ओली दिक्तेलवजारमा एक रात रहेर भोजपुर जाने कार्यक्रम तय भएको एमाले ले जनाएको छ । एमाले अध्यक्ष ओलीले पहिचानको आन्दोलन विरुद्ध विष वमन गरेकाले हर्कपुर आउनमा अवरोध गर्ने र खोटाङ छिर्न नदिने गत मंसिर २१ गते दिक्तेलमा पत्रकार सम्मलेन गरेर पहिचान पक्षधरहरुले जानकारी दिईसकेको छ । त्यसैको दवाव स्वरुप अघिल्लो दिन मंसिर २५ गते पहिचान पक्षधरहरुले राँके जुलुस निकालेका छन् ।

यिनै जटिल परिस्थितिका विषयमा जिल्लामा शान्ति सुरक्षलाई कसरी व्यवस्थित गराउन सकिन्छ र दलहरुका तर्फबाट के कस्ता भूमिका रहने भन्ने विषयमा खोटाङका प्रजिअ शान्तबहादुर सुनारको पहलमा जिल्ला प्रशासन कार्यालयस्थित प्रजिअ कक्षमा सोमवार विहान ८.०० वजे सुरक्षा निकायका प्रमुखका साथै जिल्ला स्थित राजनैतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठक बसि विभिन्न विषयमा छलफल भएको जनाइएको छ ।

सम्बद्ध दलका नेता तथा कार्यकर्ताहरु पनि संयमित रहने र पहिचान पक्षिधरहरुले पनि शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो कार्यक्रम राख्न बैठकले सुझाएको थाहा भएको छ । त्यस्तै सम्बन्धित तह र राजनैतिक दलहरुका तर्फबाट स्थायी शान्तिका लागि वार्ता, छलफल र संवादको माध्यम अवलम्वन गरी समस्याको टुंगो लगाउन सहभागी दलका तर्फबाट प्रसंग उठेको समेत थाहा भएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा विप्लव लगायत पार्टीहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेको जनाइएको छ ।

यसवीच मध्यपहाडी लोकमार्गको हर्कपुर-हलेसी खण्डमा सुरक्षा व्यवस्थालाई  कडाईका साथ व्यवस्थापन गरिएको थाहा भएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

Horoscopes Icon

All Horoscopes