सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २७, २०८०, खोटाङ

Image

प्रहरीद्धारा पहिचान पक्षिधरहरुलाई दमनको शैलिमा समातिएको भन्दै जिल्लाका दलहरुको चिन्ता


हलेसीन्युजडेस्क, खोटाङ /

नेकपा एमालेद्धारा गरिएको ‘ झुलाघाट- चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा कोशी प्रदेश प्रवेशसँगै पहिचान पक्षीधरलाई प्रहरीद्धारा दमनको शैलीमा  धरपकड गरेकोमा जिल्लास्थित राजनैतिक दलहरुले चिन्ता व्यक्त गरेकाछन् । लोकतन्त्रमा कसैको विरोध र समर्थन गरिनु स्वभाविक भएको भन्दै शान्तिपूर्ण विरोध समेत गर्न नपाइने गरी प्रहरी प्रशासनले आतंकित बनाउदै पहिचान पक्षिधरहरुलाई घरघरमा खोजि खोजी   नियन्त्रणमा लिएको प्रति राजनैतिक दलहरुले चिन्ता व्यक्त गरेका हुन  ।

 नेकपा माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले यसप्रति निन्दा व्यक्त गर्नु भएको छ । उहाँहरुको शिघ्र रिहाइ हुनुपर्ने उहाँको धारणा छ । त्यस्तै नेपाली  कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले  पनि  यो लोकतान्त्रिक व्यवस्थाको हुर्मत लिने काम भएको भन्दै प्रहरी दमनको निन्दा गर्नुभएको छ । यस सम्बन्धमा जिल्ला स्थित राजनैतिक दलहरुले चाँडै छलफल गरिने भन्नुभयो । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पिके खम्वुले पनि यस्तो कार्यको विरोध जनाउनुभयो ।

पूर्व मन्त्री एवं पहिचान आन्दोलनका अभियन्ता गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, वाईसीएलका विजय राई र नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका महासचिव उदिम चाम्लिङलाई प्रहरीले पक्राउ गरेको हो ।

किरातीलाई हलेसीको ऐंसेलुखर्कबाट, चाम्लिङलाई नुनथला र अन्यलाई हलेसीबाट पक्राउ गरिएको  थाहा भएको छ  ।

प्रहरी प्रशासनको यस्तो कार्यको घोर विरोध जनाउदै उहाँहरुको शिघ्र रिहाइका लागि ‘ प्रदेश नं. १ पुननामांकन संयुक्त संघर्ष समितिले अपिल गरिसकेको छ । जिल्ला स्थित राजनैतिक दलहरुबाट पनि   निःशर्त उहाँहरुको रिहाइ गरिनुपर्ने धारणा व्यक्त भएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

Horoscopes Icon

All Horoscopes