सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष १, २०८०, खोटाङ

Image

प्रहरी हिरासतमा राखिएका पहिचान पक्षिधरहरु आज रिहा


हलेसीन्युजडेस्क, खोटाङ /

पहिचानको आन्दोलनमा यातायात बन्द गर्दा गत मंसिर २६ गते प्रहरीद्धारा समातिएका पहिचानपक्षका अभियन्ता तथा पूर्व मन्त्रि गोपाल किराती लगायत अन्य बन्दिहरु आज  रिहाइ भएकाछन् ।

पूर्व मन्त्री एवं पहिचान आन्दोलनका अभियन्ता गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, वाईसीएलका विजय राई र नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका महासचिव उदिम चाम्लिङलाई प्रहरीले मंसिर २६ गते पक्राउ गरेको थियो ।

नेकपा (एमाले)ले शुरू गरेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को प्रतिरोधमा प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि अनिश्चितकालीन घुर्मी (उदयपुर)–लेगुवाघाट (धनकुटा) सडक बन्द आह्वान गरेका थिए । सोही बन्द सफल बनाउन हिंडेका किराती सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिले उहाँहरुको रिहाइका लागि दवावमूलक कार्यक्रम राखिरहदा आज थप आठजना पहिचान पक्षिधरहरु पनि समातिएका थिए ।

 दवावमूलक कार्यक्रम स्वरुप सडक बन्द गरिरहेको अवस्थामा प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किराँती, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टी खोटाङका सचिव सुनिल राई, संघर्ष समितिका सदस्य संगिता राई, मेलिना राई, लक्ष्मि राई, उपार्जन राइ, सोनामहाङ राईलाई  किराँतचोक दिक्तेलबाट आज अपरान्ह प्रहरीले समातेका थिए । उहाँहरु सबैलाई आजै विनाशर्त रिहाई गरिएको थाहा भएको छ ।

वेलुकी रिहाइ भएपछि पहिचानको पक्षमा नाराजुलुसुसँगै पहिचान पक्षिधरहरु फर्किएका थिए ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

Horoscopes Icon

All Horoscopes