सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष २२, २०८०, खोटाङ

Image

बतासेको भण्डारेघाटमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना

 
हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिपु्रङ  चुईचुम्मा गाउँपालिका वडा नं.४ बतासेस्थित भण्डारेघाटमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख  प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काद्वारा पुष २१ गते शनिवार  भण्डारेघाटमा अस्थायी ट्राफिक प्रहरी पोष्ट  उद्घाटन गरिएको हो ।  

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरीलाई स्थानीयले सहयोग गर्नुपर्ने बताउनु भएको छ  । प्रहरीले गर्ने हरेक राम्रा कार्यमा स्थानीय नागरिकको सहयोग मिल्दै गएपछि प्रहरीको मनोबल पनि उच्च रहने उहाँको भनाई छ ।

हरेक सूचना नागरिकलाई जानकारी हुने, बढ्दो सवारी दुर्घटनालाई मध्येनजर गर्दै सवारी दुर्घटना लाई न्यूनिकरण गर्ने उदेश्यका साथ अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको  जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले  जानकारी दिनुभयो । सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत थप मद्दत पुग्ने प्रहरी प्रमुख खड्काको भनाई छ ।

उदयपुरको गाईघाटदेखि दिक्तेल मौरेसम्म सगरमाथा हाइवे अन्तगर्त पर्ने बतासेको भण्डारेघाटमा स्थापना भएको ट्राफिक  प्रहरी पोष्टले यात्रु तथा स्थानीयवासीका लागि समेत शान्ति सुरक्षामा ठूलो राहत पुग्ने स्थानीय श्यामबहादुर श्रेष्ठ बताउनुहुन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

Horoscopes Icon

All Horoscopes