सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष २३, २०८०, खोटाङ

Image

चुप्ला पाण्डेगाउँ कृषि सहकारी संस्था लिमिटेडमा पुनः लिलाबहादुर खत्री अध्यक्षमा चयन / संस्थाको सातौ साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ वाम्राङस्थित चुप्ला पाण्डेगाउँ कृषि सहकारी संस्था लिमिटेडको सातौ साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । सहकारी संस्था लिमिटेड चुप्लाका अध्यक्ष लिलाबहादुर खत्रीको सभापतित्व तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ वाम्राङका वडाध्यक्ष महेन्द्र राईको प्रमुख आतिथ्यतामा आज सातौ साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको हो ।

साधारण सभामा संस्थाको तर्फबाट कोषाध्यक्ष डम्बरकुमार पाण्डेले रु. ५४ लाख त्रिपन्न हजार बरावरको आय व्यव विवरण प्रस्तुत गर्नु भएको थियो । कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा वढी लगानी गरिएको प्रतिवेदनमा उल्लेख थियो । कार्यक्रममा सबैभन्दा वढी संस्थामा वचत गर्ने २ जना वचतकर्ताहरु सरस्वती खत्री र कालुराम पाण्डेलाई जनही रु. १,००० नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा सावित्रा माविबाट निवन्ध प्रतियोगितामा सहभागी भएर विजयी बनेका विध्यार्थीहरु क्रमशः प्रथम विविसा खतिवडा, द्धितिय असिमा भण्डारी र तृतिय लक्ष्मी भुजेललाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै सुर्केडाँडा आधारभूत विध्यालयबाट हिसाव दौडमा सहभागी भै विजयी बनेका विध्यार्थीहरु क्रमश प्रथम कुशल थाप, द्धितिय सुरेश भुजेल र तृतीय प्रमिला भुजेललाई पनि पुरस्कृत गरिएको थियो ।

सोही विध्यालयका विध्यार्थीहरु स्मरण दौडमा सहभागी भै विजयी बनेका प्रथम शुरेश दाहाल, द्धितिय प्रमिला थापा, तृतिय सुशन दाहाललाई पनि पुरस्कृत गरिएको थियो ।

आज भएको तेश्रो अधिवेशनबाट तेश्रो कार्यकालका लागि अध्यक्ष लिलाबहादुर खत्री, उपाध्यक्ष पूर्णबहादुर खत्री, सचिव विनोद थापा, सहसचिव शिवराज दाहाल , कोषाध्यक्ष डम्बरकुमार पाण्डे, सहकोषाध्यक्ष मिना आचार्य, सदस्यहरु डम्बरबहादुर खत्री, गोमा पाण्डे, सोनी थापा, इन्दिरा खत्री र सलिसा पाण्डे निर्वाचित हुनुभएको अध्यक्ष लिलाबहादुर खत्रीले हलेसी एफएमलाई जानकारी गराउनुभएको छ ।

आज भएको साधारण सभा तथा अधिवेशनमा विशेष अतिथिका रुपमा राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला अध्यक्ष ललितकुमार राई (जीवन),  नगरपालिकाका कार्यपालिका सदस्य मिना कार्की एवं विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

Horoscopes Icon

All Horoscopes