सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २, २०८०, Khotang

Image

वीपी स्मृति भवनमा समसायिक राजनीति विषयक अन्तरकृयात्मक कार्यक्रम

हलेसीन्युजडेस्क, खोटाङ  /

खोटाङको सदरमुकाम दिक्तेलवजार स्थित वीपी स्मृति भवनमा समसायिक राजनीति विषयक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरिएको छ । नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोमवार समसायिक राजनीति विषयक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिका उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले   प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा संवोधन गर्दै प्रमुख अतिथि तथानेपाली काँग्रेसका केन्द्रिय सदस्य कार्कीले गाउँ घरमा विकासका नाममा सडक, विजुली, सञ्चारको विकास भैरहेपनि गाउवस्ति किन रित्तो हुँदै गैरहेछ, यसको खोजि गरिनुपर्ने र गाउँघर बस्न लायक कसरी बनाउन सकिन्छ, त्यता ध्यान दिईनुपर्ने बताउनुभयो । 
एक प्रसंगमा उहाँले हरेक जिल्लामा साथीहरुको वीच केही न केही समस्या भए पनि सबै साथीहरुवीच एकताको विकल्प नभएको बताउनुभयो । राष्ट्रिय सभाको आगामी चुनावमा  सबैगठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन पनि उहाँले निर्देशन दिनुभयो 

कार्यक्रममा नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य तथा साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, नेपाली काँग्रेस सोलुखुम्वुका महाधिवेशन प्रतिनिधि तथा सोलुका काँग्रेस नेता प्रकाश सिँह कार्कीले पनि समसायिक राजनीतिका विषयमा बोल्नुभएको थियो ।
प्रदेश नं १ का पहाडि जिल्लाहरु सोलुखुम्वु, ओखलढुंगा, खोटाङ , भोजपुर , धनकुटा हुँदै नेता कार्की सुनसरी पुग्नुहुने जनाईएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी तथा महिला नेतृ नविना राणा कार्की, सोलुखुम्वुका काँग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि प्रकाशसिँह कार्की लगायत हुनुहुन्छ  

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

Horoscopes Icon

All Horoscopes