सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २, २०८०, Sakela Gaupalika

Image

वडा–वडा पुगेर बैंङ्किङ प्रणाली मार्फत वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न सुरु

हलेसीन्युजडेस्क, खोटाङ /

  खोटाङको साकेला गाउँपालिकाले वडा–वडा पुगेर बैंङ्किङ प्रणाली मार्फत वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को दोश्रो त्रैमासिक बापत वृद्ध–वृद्धाले प्राउने भत्ता रकम उक्त गाउँपालिकाले मङ्गलबारदेखि भुक्तानी शिविरको आयोजना गरि वितरण सुरु गरेको हो ।  गाउँपालिकामा स्थापना भएको नेपाल एसबिआई बैंक र साकेला गाउँपालिकाले पालिकाको विभिन्न छ वटा स्थानहरुमा भुक्तानी शिविर सञ्चालन गर्ने जनाएअनुसार वडा नम्बर १ को बाँझेच्यानडाँडाबाट भत्ता वितरण सुरु गरेको हो । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म आएर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरको पहिलो दिन आज मङ्गलबार वडा नम्बर १ बाँझेच्यानडाँडाका ८२ जना लाभग्राहीहरुलाई नौ लाख त्रियत्तर हजार रुपैंया रकम वितरण गरिएको छ । 


भोली बुधबार सोही वडाको डाँडागाउँ, पर्सी बिहीबार २ नम्बर वडा कार्यालय रतन्छा र शुक्रबार ३ नम्बर वडा कार्यालय खिदिमामा शिविर मार्फत भत्ता वितरण गरिने तयारी गाउँपालिकाले गरेको छ । त्यस्तै माघ ७ गते आईतबार ५ नम्बर वडा कार्यालय र ९ गते मङ्गलबार ४ नम्बर वडा कार्यालयमा भत्ता वितरण गरिने बताईएको छ ।गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ । टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको उहाँको भनाई छ ।

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

Horoscopes Icon

All Horoscopes