सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ८, २०८०, Khotang

Image

साकेला–५ मात्तिमका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण


हलेसीन्युजडेस्क, खोटाङ   

खोटाङको साकेला गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका तथा विद्यार्थीलाई प्रोत्साहन गरि विद्यालयप्रतिको आकर्षण बढाउन शिक्षक र विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को वडागत शिलिङबाट बजेट बिनियोजन गरेर गाउँपालिकाको वडा नम्बर ५ मात्तिमबिर्ताले पोशाक खरिद गरी वितरण गरेको हो । 

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले पाँच नम्बर वडा कार्यालयभरि रहेका चार वटा सामुदायिक विद्यालयमा बालविकास केन्द्रदेखि १२ कक्षा सम्म अध्ययनरत ४५० जना विद्यार्थी र ४० जना शिक्षकहरुलाई ट्रयाकसुट र टि-शर्ट बितरण गर्नुभयो ।

विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुहुँदै अध्यक्ष राईले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको परिप्रेक्षमा शिक्षामा गुणस्तर कायम गर्न पालिकाले शैक्षिक क्षेत्रका विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि विद्यालय मर्जदेखि नयाँ पाठ्यक्रम निर्माणको कामको सुरुवात गर्ने तयारीमा आफूहरु रहेको उहाँको भनाई छ । 

विद्यार्थी बालबालिकाहरुलाई नैतिक शिक्षासँगै जीवन उपयोगी व्यवहारिक शिक्षाको जरुरी भएको बताउँदै अध्यक्ष राईले नैतिक, व्यवहारिक र प्रयोगात्मक शिक्षणको लागि पाठ्यक्रम निर्माणमा पालिका लागेको उल्लेख गर्नुभयो । 

सामुदायिक विद्यालयमा पनि विभिन्न सेवा सुविधा रहेको महसुस गराउन पोशाक वितरण गरिएको उक्त वडाका वडाध्यक्ष तथा प्रवक्ता जीवन न्यौपाने खत्रीको भनाई छ । यस वर्ष गाउँपालिकाबाट वडागत शिलिङको लागि प्राप्त भएको रकम एकमुष्ठ रुपमा शिक्षा क्षेत्रमा खर्च गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । पोशाक वितरण कार्यले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सहभागिता बढ्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

 

 [ अन्य साकेला-समाचार पनि पढ्नुभयो त ?-

साकेला–१ बाँझेँच्यानडाँडामा वालवालिकालाई पूर्ण खोप कार्ड वितरण

साकेलामा ‘दादुरा–रुबेला’ खोप अभियानलाई प्रभावकारी बनाउन अभिमूखिकरण गराइयो

साकेलामा सर्वदलीय वैठक - पालिकाको विकासमा दलहरुबाट सहयोग गर्ने प्रतिवद्धता

साकेलाका श्रमिकको ज्याला भुक्तानी गर्न विभिन्न वुँदामा सहमति

स्वच्छ, सफा र शुन्दर साकेला बनाउन फोहोरमैला व्यवस्थापन कार्यविधि कार्यान्वयन

साकेलामा अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर ह्वील चियर हस्तान्तरण

साकेलामा स्वास्थ्य शिविर सम्पन्न   …………………………..}
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

Horoscopes Icon

All Horoscopes