सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १०, २०८०, Khotang

Image

बाम्राङमा हस्तकलाद्धारा डल तथा कुशन बनाउने तालिम सम्पन्न

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ वडा कार्यालय बाम्राङ र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको संयुक्त आयोजनामा सञ्चालित महिला लक्षित कार्यक्रम अन्तर्गत कुसन र डल बनाउने तालिम  सम्पन्न भएको छ । वडाको तर्फबाट रु. १ लाख र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको तर्फबाट रु. २ लाख गरी जम्मा रु. ३ लाख बजेटमा गत फागुन २५ गते उद्घाटन गरी १५ दिन सम्म सञ्चालन भएको हस्तकला तथा सिपमूलक आधारभूत डल तथा कुसन बनाउने तालिम चैत्र ९ गते शुक्रवार औपचारिक कार्यक्रमवीच समापन भएको हो ।

 

पछिल्लो समय बढ्दो प्रयोग हुने हस्तकलाद्धारा निर्मित सामाग्रीहरुको तालिमले महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने र यसबाट व्यवसायिक रुपमा समेत आय आर्जनमा थप टेवा पुग्ने भएकोले वडाको अगुवाइमा यहाँका महिलाहरुलाई लक्षित गरेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङको समेत सहयोगमा यो तालिमको बन्दोवस्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं. ३ बाम्राङकी महिलानेतृ  मिना कार्कीले जानकारी दिनुभयो ।

डल तथा कुशन बनाउने तालिमको समापन कार्यक्रममा वडा नं. ३ बाम्राङका पूर्व वडाध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि ललितकुमार रार्ईले नेपालमा पुरुषको तुलनामा महिलाहरु कम शिक्षित रहेको र अशिक्षाको कारणबाट आर्थिक, राजनैतिक, सामाजिक क्षेत्रहरुमा उनीहरुको सहभागिता कम हुने गरेको बताउँदै यस्ता तालिमले महिलाहरुमा आत्मविश्वास जगाउने तथा सीप सिकेर रोजगार हुने पनि बताउनु भयो । 

यस्तै वडा नं.३ का वडाध्यक्ष महेन्द्रबहादुर राइले कुनै पनि काम गर्दा जोस, जाँगर र मेहनत आवश्यक पर्ने भएकाले मेहनतका साथ तालिममा सिकेको सिपलाई व्यवहारमा उर्तानु पर्ने  बताउनु भयो । तालिमको समापन कार्यक्रममा सहभागीहरू सबैलार्ई प्रमाण पत्र समेत बितरण गरिएको थियो । 

३ नं. वडा भरिका २६ जना महिलाहरूको सहभागिता रहेको यो तालिम निकै महत्वपूर्ण रहेको उदयपुरबाट आउनु भएकी प्रशिक्षक सिता श्रेष्ठको भनाई रह्यो । 

वडा नं.३ को वडा कार्यालयमा भएको समापन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष महेन्द्र बहादुर राइ, पूर्व वडाध्यक्ष ललितकुमार रार्ई, घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषबहादुर खत्री, कार्यपालिका सदस्य मिना कार्की,  वडा सदस्यहरु बिष्णु श्रेष्ठ, खड्ग राई, रेखा रम्तेल, राजनीतिक दलका प्रतिनिधिहरु, टोल बिकास समितिका आमा समुह लगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष महेन्द्र बहादुर राईको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन वडा सचिव मन्दिरा घिमिरेले गर्नुभएको थियो ।

 

[ यो सँगै सम्बन्धित---बाम्राङमा हस्तकलाद्धारा सामाग्री बनाउने तालिम शुरु }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes