सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १९, २०८०, Khotang

Image

दिप्रुङमा पाँच शैयाको आधारभूत अस्पताल उदघाटन

     अस्पतालबाटै ‘हेल्लो डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइने
 

  • हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । गाउँपालिका–२ डाडाँगाउँ,ओख्रेको स्वास्थ्य चौकी भवनमा थप व्यवस्थापन गरी स्थापना गरिएको आधारभूत अस्पतालको आईतबार संविधानसभा सदस्य हरि रोकाले औपचारिक उद्घाटन गर्नुभएको हो ।

आधारभूत अस्पतालको स्थापना सँगै गाउँपालिकामार्फत विगत ७ महिनादेखि सञ्चालन हुँदै आएको असक्त विरामीको घरआँगनमा पुगेर दिइने स्वास्थ्य सेवा ‘हेलो डाक्टर’ कार्यक्रम समेत यहीँबाट सुचारु गरिने पालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत सात महिनाको अवधिमा एक हजार ४४२ जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुस्ताक अहमत मन्सुरीले जानकारी दिनुभयो । असक्त विरामीहरुका लागि अत्यन्त प्रभावकारी मानिएको हुँदा स्वास्थ्य सेवा कार्यक्रम ‘हेलो डाक्टर’ लाई आधारभूत अस्पताल अन्तर्गत निरन्तरता दिइइएको उहाँको भनाई छ ।

 

गाउँपालिकाको रु.३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालमा तत्कालका लागि एकजना मेडिकल अधिकृत डाक्टरसहित १४ जना स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ । अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीहरुले चौबीसै घण्टा सेवा प्रवाह गर्नेछन् । यो पाँच शैयाको आधारभूत अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिने गरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना रहेको पालिका अध्यक्ष राई बताउनुहुन्छ ।

मेडिकल अधिकृत डाक्टर मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौशमी फ्लु लगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राईको अध्यक्षता तथा संविधानसभा सदस्य हरि रोकाको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य केशवराज कार्की, नेकपा (एकीकृत समाजवादी) खोटाङका उपाध्यक्ष नरेशराज राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भुपेन्द्र बस्नेत, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाडाँगाउँका वडाध्यक्ष बद्री कटुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes