बैशाख ०६, २०८१ , Khotang
हलेसीन्युजडेस्क,खोटाङ
आज देशैभरि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन ‘ए’ र जुकाको औषिधि खुवाउने कार्यक्रम हुदैछ । यो कार्यक्रम भालि बैशाख ७ गते पनि रहनेछ । नेपाल सरकारले विगतमा झैँ यो वर्ष पनि वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
सोही अनुसार खोटाङमा पनि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन ‘ए’ र जुकाको औषिधि खुवाउने कार्यक्रमलाई सफल गराउन व्यापक तयारी गरिएको खोटाङ अस्पतालका प्रमुख जीवन चौलागाईले बताउनुभयो ।
जिल्लाका १० वटै स्थानिय तहहरुमा ६ महिना देखि ५९ महिनासम्मका वालवालिकाहरुलाई निर्धारित मितिमा भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउनका लागि जिल्लाभर स्वास्थ्य स्वयंसेविका तथा अन्य स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको अस्पताल प्रमुख चौलागाईले बताउनुभयो । उहाँले सम्पूर्ण अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका आफ्ना वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउन आज या भोलि नजिकको स्वास्थ्य संस्थाहरुमा लैजान आग्रह गर्नुभएको छ ।
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न तथा शरीरका अंगहरुको उचित विकास गर्न महत्वपूर्ण मानिएको भिटामिन ‘ए’ क्याप्सुलसगैँ जुकाको औषधि समेत खुवाईने जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
जिल्लाको कुल जनसंख्या मध्ये १२ हजार भन्दा वढी उक्त उमेर समुहका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईनेछ भने जुकाको औषधि १ देखि ५ बर्षसम्मका वालवालिकालाई खुवाइनेछ ।
[ यो पनि-बैशाख ६ र ७ गते नेपाल राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !