बैशाख १५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको दैनिकी तालिका अनुसार स्वास्थ्य परिक्षण, अपांगता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सञ्चालन भैरहेको छ । प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको संयुक्त लागत सहभागितामा राष्ट्रिय अपांग महासंघको प्राविधिक सहयोगबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण, अपांगता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सञ्चालन भैरहेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १० पाथेकामा शुरुको दिन बैशाख १३ गते शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ७ जनालाई अपांगता परिचय पत्र वितरण, ३८ जनाको अपांगता स्वास्थ्य परिक्षण, १४३ जनाको आँखा जाँच, ९३ जनालाई चस्मा वितरण, १४३ जनालाई औषधि वितरण, २४ जनालाई फिजियोथेरापी गरिएको जनाइएको छ ।
यसैगरी सोही शिवरिमा १४ जनालाई ह्विल चेयर, ४ जनालाई क्यान लठ्ठी, २ जनालाई विशेष जुत्ता, १ जनालाई वाकर र १ जनालाई श्रवण यन्त्र उपलव्ध गराउन सिफारिस भएकोे नगरप्रमुखका स्वकीय सचिव चिरिन्जीवी खतिवडाले बताउनुभयो । उक्त शिविरबाट २८६ जना सेवाग्राहीले सेवा प्राप्त गरेको जनाइएको छ ।
यसैगरी बैशाख १४ गते वडा नं. ११ खार्मीमा अपांगता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत दोश्रो शिविर सम्पन्न भएको जनाइएको छ ।
शिविरमा ४९ जनाको प्रारम्भिक स्वास्थ्य परिक्षण गरिएको थियो भने ८१ जनाको आँखाको जाँच, २४ जनाको कानको जाँच, १२ जनाको फिजियोथेरापी गरिएको जनाइएको छ । उक्त शिविरबाट ९ जनाले नयाँ अपांगता परिचय पत्र प्राप्त गरेका छन भने ५३ जनालाई चस्मा उपलव्ध गराइएको छ । त्यस्तै अन्य १ जनालाई ह्विल चेयर, ३ जनालाई सेतो छडी, ३ जनालाई छडी, २ जनालाई बिशेष जुत्ता र ५ जनालाई श्रवण यन्त्रका लागि सिफारिस गरिएको नगरप्रमुखको सचिवालयबाट जानकारी दिइएको छ । दोश्रो दिनको शिविरिमा ११९ जना सेवाग्राहीहरुले सेवा प्राप्त गरेको थाहा भएको छ ।
शिविरमा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. पुस्कल राई, अरुणा फाउण्डेसनका फिजियोथेरापिष्ट डा. ईश्वर तिमिल्सना, अडियो टेक्नेशियन आशाराम चौधरी र बि अप्टम व्याचलर अफ अप्टोमेट्री सत्यजित सिन्हाको टोलिद्धारा सेवा दिइएको जनाइएको छ ।
आज बैशाख १५ गते वडा नं. १५ विजयखर्कमा शिविर सञ्चालन हुनेछ । यसैगरी बैशाख १६ मा वडा नं. १४ वुइपा, १७ गते वडा नं. १३ नुनथला, १८ गते वडा नं. ९ निर्मलिडाँडा, १९ गते वडा नं. ८ दोर्पा, २० गते वडा नं. ७ दोर्पा चिउरिडाँडा, २१ गते वडा नं. ६ नेर्पा, २२ गते वडा नं. ४ खाल्ले, २३ गते वडा नं. ३ वाम्राङ, २४ गते वडा नं. ५ लफ्याङ, २५ गते वडा नं. २ दिक्तेल, २६ गते वडा नं.१२ जालपा र २७ गते वडा नं १ दिक्तेलमा शिविर सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ ।
[ यो पनि -जन्तेढुङ्गा गाउँपालिकाको वडा-वडामा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !