सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ५, २०८१, Khotang

Image

बैशाख ६ र ७ गते नेपाल राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै

अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउन नछुटाऔँ 

 

हलेसीन्युजडेस्क, खोटाङ

नेपाल सरकारले विगतमा झैँ यो वर्ष पनि यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ । सोही अनुसार खोटाङमा पनि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन ‘ए’ र जुकाको औषिधि खुवाउने कार्यक्रमलाई सफल गराउन व्यापक तयारी गरिएको खोटाङ अस्पतालका  प्रमुख जीवन चौलागाईले बताउनुभयो ।

जिल्लाका १० वटै स्थानिय तहहरुमा ६ महिना देखि ५९ महिनासम्मका वालवालिकाहरुलाई निर्धारित मितिमा भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउनका लागि जिल्लाभर स्वास्थ्य स्वयंसेविका तथा अन्य स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको अस्पताल प्रमुख चौलागाईले बताउनुभयो । सम्पूर्ण अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका आफ्ना वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउन नछुटाउन समेत  उहाँले आग्रह गर्नुभएको छ ।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न तथा शरीरका अंगहरुको उचित विकास गर्न महत्वपूर्ण मानिएको भिटामिन ‘ए’ क्याप्सुलसगैँ जुकाको औषधि समेत खुवाईने जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

जिल्लाको कुल जनसंख्या मध्ये १२ हजार भन्दा वढी उक्त उमेर समुहका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईनेछ भने जुकाको औषधि १ देखि ५ बर्षसम्मका वालवालिकालाई खुवाइनेछ ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes