सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १६, २०८१, खोटाङ

Image

हलेसी सल्लेका अग्निपीडित परिवारलाई राहत प्रदान


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत प्रदान गरिएको छ । बैशाख १४ गते सामुदायिक वनमा लागेको डढेलो नजिकै रहेको वस्तिमा फैलिन गई घर तथा मतान जलेर पीडित बनेका परिवारहरुलाई शनिवार हलेसीतुवाचुङ नगरपालिका र वडा नं. ९ सल्ले वडा कार्यालयबाट राहत प्रदान गरिएको हो ।

आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको खगेन्द्र बिक, मदन बहादुर थापा मगर, भेष बहादुर मगर, इन्द्र बहादुर थापा, गोपाल बहादुर थापा मगर र झन बहादुर थापालाई नगरपालिकाको तर्फबाट त्रिपाल र ब्ल्याङकेट एक–एकथान तथा खाध्य सामाग्रीको रुपमा  प्रति परिवारलाइ ३० केजी चामलका दरले राहत उपलव्ध गराईएको थाहा भएको छ ।

यसैगरी वडा कार्यालय सल्लेको तर्फबाट छ परिवारलाई  प्रति परिवार चामल ३० केजी, दाल दुई केजी, चिनी एक केजी, चिउरा दुई केजी, आलु दुई केजी, खानेतेल दुई पोका, बेसार एक पोका, मसला २०० ग्राम र प्रत्येकलाई एक–एकवटा त्रिपाल वितरण गरिएको जनाइएको छ ।

आगलागीबाट बस्तुगोठ जलेका योग बहादुर मगरलाई नगर र वडा कार्यालयको तर्फबाट एक–एकवटा त्रिपाल वितरण गरिएको छ । 

अग्निपीडित परिवारहरुलाई नगरपालिकाका प्रमुख बिमला राई र सल्लेका वडाध्यक्ष काशीराज राईले घटनास्थलमै पुगी राहत प्रदान गर्नुभएको थियो ।

अग्निपीडित परिवारको आवास पुनःनिर्माणका लागि नगरबाट जस्तापाता उपलव्ध गराउने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
 

एमसी सुमित ट्वाक्कै ५५ वर्ष पुगेर ५६ लागियो । आधा जोभान...

निवर्तमान अध्यक्ष टेकेन्द्र राईको नेतृत्वतामा १३ सदस्यीय नयाँ कार्य समिति...

यातायात पत्रकारिता पुरस्कारद्धारा दुइ पत्रकारहरु पुरस्कृत हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ यातायात प्रालिको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तरुण दल जिल्ला कार्य समितिका सदस्य सुचन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाभित्रका जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा दिक्तेल बहुमुखी...

Horoscopes Icon

All Horoscopes