सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १३, २०८१, खोटाङ

Image

खोटाङमा बैशाख २९, ३० र ३१ गते निःशुल्क आँखा शल्यचिकित्सा शिविर सञ्चालन हुँदैे


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन दिने निःशुल्क आँखा शल्यचिकित्सा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सघं खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल तथा आँखा उपचार केन्द्र दिक्तेलको संयुक्त आयोजनामा सगरमाथा चौधरी आँखा अस्पतालका प्राविधिक विशेषज्ञहरुद्धारा सि.वि.एम जर्मनीको सहयोगबाट आगामी बैशाख २९, ३० र ३१ गते ३ दिने निःशुल्क आँखा शल्यचिकित्सा शिविर सञ्चालन गरिने नेत्र ज्योति सघं खोटाङका सभापति र्ईन्द्र कसजुले जानकारी दिनुभयो । 

नेत्रज्योति संघका सभापति कसजुका अनुसार मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो, यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धेरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने  उहाँको सुझाव छ  । 

आँखा उपचार केन्द्र दिक्तेल अस्पताल परिसर भित्र तीन दिन सञ्चालन गरिने आँखा शिविरका लागि प्रत्येक दिन विहान ८.०० बजे देखि दिउसो १.०० बजे सम्म नाम दर्ता गर्नु पर्ने र नाम दर्ताका लागि रु ३० शुल्क लाग्ने आयोजकले जनाएकोे छ । शिविरमा  आँखा तथा चस्मा जाँच गरिने, विरामीहरुलार्ई निःशुल्क औषधी वितरण गरिने, सहुलियत मूल्यमा चस्मा वितरण गरिने र आँखाको अप्रेशन पछि कालो  चस्मा र औषधी निःशुल्क उपलव्ध गराइने भनिएको छ ।  

शिविरमा आउने विरामीहरुले  खाना बस्नको लागि भने आफैले व्यवस्था गर्नु पर्ने जनाइएको छ ।

यस आगाडि पनि गत चैत्र २८ र २९ गते जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आई हष्पिटल इटहरीको संयुक्त आयोजनामा सदरमुकाम स्थित दिक्तेलवजारमा दुर्ईदिने निःशुल्क आँखा शिविर सञ्चालन गरी ५१५ जना आँखाका विरामीले निःशुल्क सेवा प्राप्त गरेका थिए ।

 

[ यो पनि-दिक्तेलमा दुई दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर शुरु }
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालय अन्तर्गत पठन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसीतुवाचुङ नगरपालिकास्थित त्रिधार्मिक स्थल हलेसीमा हवन कुण्ड...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

Horoscopes Icon

All Horoscopes