सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २०, २०८०, Khotang

Image

दिक्तेलमा चैत्र २८ र २९ गते निःशुल्क आँखा शिविर हुँदै

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सहितको दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आई हस्पिटल इटहरी–४ सुनसरीको संयुक्त आयोजनामा आगामी चैत्र २८ गते बुधबार र २९ गते बिहीबार दुर्ईदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने दृष्टि विशेषज्ञ राकेश थापाले जानकारी दिनुभएको छ । 

आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण अङ्ग मानिन्छ । उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गर्छ । यही समस्यालाई मध्येनजर गर्दै बिरामीहरूको आँखा सम्बन्धि विभिन्न रोगहरुको पहिचान गरी सहज र निःशुल्क उपचार गर्ने हेतुले दिक्तेलस्थित फेमिली केयर हस्पिटलमा चैत्र २८ र २९ गते विहान ९ः०० बजे देखि बेलुका ४ः०० बजे सम्म आँखा जाँच तथा निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डा. विजय गौतमद्वारा आँखाको निःशुल्क शल्यकृया गराइने जनाइएको छ ।

आँखा शिविरका लागि निःशुल्क नाम दर्ता, निःशुल्क आँखा जाँच तथा चश्मा जाँच  गरिने, आँखाका विरामीहरूलाई  निःशुल्क औषधि वितरण गरिने, अप्रेशन पछि निःशुल्क औषधि तथा कालो चस्मा उपलब्ध गराइने आयोजकले जनाएको छ । यसैगरी शल्यकृया गर्न नपर्ने तर आँखा कमजोर हुनेहरुका लागि पनि सहुलियत दर (२०%छुट) मा चस्मा उपलब्ध गराइने जनाइएको छ । 

निःशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले आँखाका रोगीहरूले निःशुल्क आँखा जाँच तथा शल्यकृया शिविरलाई अवसरको रुपमा सदुपयोग गर्न  आयोजकले आग्रह गरेको छ  ।


 

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

Horoscopes Icon

All Horoscopes