सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २३, २०८०, Khotang

Image

रेडक्रसको सहयोगमा निर्मलीडाँडामा वालमैत्री कक्षको स्थापना


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-९ अन्तर्गत निर्मलीडाडा स्वास्थ्य चौकीमा वालमैत्री कक्ष (डेस्क) स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङद्वारा क्यानेडियन रेडक्रसको आर्थिक सहयोगबाट संचालित समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रमको सहयोगमा बिहीवार त्यहाँ वालमैत्री कक्ष स्थापना गरिएको हो ।

वालवालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै उनीहरुको स्वास्थ्य सेवामा थप गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुर्याउने ध्येयले स्वास्थ्य चौकीमा वालमैत्री कक्ष स्थापना गरिएको रेडक्रस शाखाले जनाएको छ । कतिपय वालवालिका स्वास्थ्य संस्था जान नमान्ने, सेवाग्राही बच्चा लिएर जादा सेवा लिन असहज हुने र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुको पनि सानानानी बाबु हुँदा सेवा लिदा र प्रदान गर्दा कठिनाई हुने हुँदा बालबालिकलाई उक्त कक्षमा राखेर सेवा लिन/दिन सहज हुनुका साथै यसबाट स्वास्थ्य सेवा थप प्रभावकारी हुने रेडक्रसले जनाएको छ ।

समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउपालिकामा सञ्चालन भइरहेको छ । आफ्नो कार्यक्षेत्रमा एक/एक ओटा स्वास्थ्य संस्थामा नमूना बालमैत्री कक्ष स्थापना गर्ने उद्धेश्य बमोजिम निर्मलीडाँडा स्वास्थ्य चौकीमा स्थापना गरिएको जनाइएको छ ।

उक्त कक्षको उपयोगिता हेरेर पालिकाले अरु स्वास्थ्य संस्थामा पनि यस्तो खालको कक्ष सञ्चालनमा ल्याउने योजना रहेको उक्त कार्यक्रमका स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठले बताउनुभयो । यस व्यवस्थाबाट बालबालिकाको मानसिक स्वास्थ्य विकास र स्वास्थ्य संस्था जान नमान्ने बालबालिकाहरुको  बानीमा पनि सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीद्धारा वडा नं. ९ का वडाध्यक्ष  दिनेश कठायत र स्वास्थ्य संस्था प्रमुख संगीता राईलाई एक कार्यक्रमका वीच बाल मैत्री सामग्री हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष कठायतले रेडक्रसले विपदमा समुदायमा गरेको सहयोग सह्राहनीय रहेको र निर्मलीडाडा स्वास्थ्य संस्थालाई प्रशुति केन्द्रको सामग्रीहरु उपलव्ध गराउनुका साथै स्वास्थ्य संस्थामा पानीको समस्या हुँदा पानी उपलब्धताको लागि गरेको सहयोग र समुदायमा सचेतना कक्षा लगायतको गतिविधि गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले स्वास्थ्य संस्थालाई प्रदान गरिएको सामाग्रीहरु यहाँका प्रमुख लगायत अन्य कर्मचारीहरुबाट सही सदुपयोग हुने र आफुले संरक्षण पनि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो 

त्यस्तै सोही अवसरमा बोल्दै रेडक्रस सभापति ज्ञानेन्द्र जोशीले उक्त बालमैत्री सामग्रीको सही सदुपयोग हुनेमा आफु विश्वस्त रहेको र रेडक्रसले आगामी दिनमा पनि समुदायस्तरमा आफ्नो गतिविधि आगाडि बढाउने बताउनुभएको थियो ।

उक्त कार्यक्रममा रेडक्रस जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमय, स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी निर्मलिडाँडा उपशाखाका प्रतिनिधि भोटराज राई लगायतको उपस्थिति रहेको थियो । 
 

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes