सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ३०, २०८०, Khotang

Image

‘साकेलामा देशकै नमूना काम भइरहेको पाएँ’– पूर्वमुख्यमन्त्री शेरधन राई


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको साकेला गाउँपालिकामा निर्माण भईरहेका विभिन्न योजनाहरुको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले अवलोकन/अनुगमन गर्नुभएको छ । पार्टी कामको सिलसिलामा खोटाङ आउनुभएको अवसरमा विहीवार साकेला गाउँपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट गरी त्यहाँ भैरहेका विकास निर्माणको समेत अनुगमन गर्नुभएको हो ।

पूर्वमुख्यमन्त्रि राई साकेला गाउँपालिकामा आउनुहुँदा पालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायत निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले उहाँलाई स्वागत गर्नुभएपश्चात निर्माणाधिन प्रशासकीय भवन, मानेभञ्ज्याङ पार्क लगायतका योजनाहरुको राईले प्रत्यक्ष अनुगमन गर्नुभएको थियो । छोटो अवलोकन/अनुगमनका क्रममा साकेलामा भैरहेको विकास निर्माणका कामहरुबाट आफू प्रभावित भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘साकेला गाउँपालिकाले गरिरहेको विकासका कामहरु देशकै नमूना बन्नसक्ने महसुस भयो ।’ 

 

    पूर्वमुख्यमन्त्री शेरधन राई साकेला गाउँपालिकामा केही क्षण बिताउनुहुँदा

p

नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएका नेकपा एमाले स्थायी कमिटी सदस्य राईले साकेला गाउँपालिकाभित्र सञ्चालन भईरहेका योजना तथा परियोजनाहरु नमूना तरिकाबाट निर्माण भईरहेको पाएको बताउनुभयो । सो क्रममा बोल्नुहुँदै राईले साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पाँचधारे सडक आफू मुख्यमन्त्री हुँदा नै प्रदेश सरकारबाट वजेट विनियोजन गरेको बताउनुहुँदै सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘अब यो सडकलाई कालोपत्रे गर्ने गरि योजना उपलब्ध गराउन पहल गर्नेछु ।’ करिव ३० किलोमिटर लामो उक्त सडक कालोपत्रे भए दिक्तेल–भोजपुर र तराईका जिल्ला सम्म सहज यातायातको पहुँच विस्तार हुनेछ ।

त्यस्तै साकेला गाउँपालिकाले गौरवको योजनाको रुपमा राखेको तावाभञ्ज्याङ क्षेत्रमा निर्माण हुने तावाताल, साँस्कृतिक बस्ति र किराँत, वौद्ध र हिन्दुहरुको धार्मिक पार्क साकेला गाउँपालिकाको मात्र नभएर देशको उत्कृष्ट योजना भएकाले सो योजना जसरी पनि सुरुवात गरेर सम्पन्न गर्नुपर्ने पूर्व मुख्यमन्त्री राईले जीकिर गर्नुभयो । गाउँपालिकाले सजाएको समृद्धिको सपना सोही स्थानमा बन्ने संरचनाहरुले पुरा गर्ने बताउँदै उहाँले सो योजना कार्यान्वयनमा लैजान आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । साकेला गाउँपालिकाले अघि सारेको महत्वकांक्षि योजनाहरु सम्पन्न गर्न संघ तथा प्रदेश सरकारसमक्ष पहल गरिदिने आश्वासन राईले दिनुभएको छ । उहाँले साकेला गाउँपालिकाले आवधिक योजना बनाएर काम सुरु गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

यसैबीच, साकेला गाउँपालिकाले बनाएको आवधिक योजना अनुसार अघि बढाउनुपर्ने भौतिक विकास, पर्यटन, खानेपानी, कृषि, सरसफाई लगायतका विभिन्न योजना कार्यान्वन गरि बजेट व्यवस्थापन गरिदिन गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले अनुरोध गर्नुभएको छ । विभिन्न मन्त्रालय तथा विभागद्धारा कार्यान्वयन हुने बजेटको लागि अध्यक्ष राईले पूर्वमुख्यमन्त्री राईसमक्ष मागपत्र पेश गर्नुभएको छ । गाउँपालिकाले पेश गरेको मागपत्रको बारेमा आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापनको लागि पहल गरिदिने पूर्वमुख्यमन्त्री राईले आश्वासन दिनुभएको छ ।

 

[ यो पनि-अपाङ्गता रोकथाम र पुनःस्थापना सम्बन्धि अभिमुखिकरण सम्पन्न }
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes