सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ११, २०८१, Khotang

Image

कतारको अमिर आज नेपाल भ्रमणमा आउनुहुँदै

कतारका अमिरको राजकीय भ्रमणका अवसरमा सरकारद्धारा आज सार्वजनिक विदाको निर्णय

हलेसीन्युजडेस्क, खोटाङ ।
नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउदै हुनुहुन्छ । एसिया क्षेत्रका तीनवटा मुलुकको भ्रमणमा निस्केका अमिर अल थानी आइतबार फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार नेपाल आइपुग्ने कार्यक्रम तय भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार थानी मंगलबार अपराह्न ४ बजेतिर काठमाडौँ आइपुग्नुहुन्छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

यसका साथै, कतारी अमिरलाई विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ । कतारी अमिर नेपाल भ्रमण आउने दिन देशमा आज सरकारले सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।

परराष्ट्र स्रोतका अनुसार कतारी अमिरले मंगलबार बेलुकी राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रीभोजको आयोजना गर्नु हुने कार्यक्रम रहेको छ । 

बुधबार बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । 

अमिर अल थानीको राजकीय भ्रमणको अवसरमा कतारलाई नेपालका तर्फबाट‘कन्जर्भेसन कूटनीति’ कै निरन्तरतास्वरुप दुई वटा हात्ती उपहार दिइने छ ।

कतारी अमिर बुधबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

Horoscopes Icon

All Horoscopes